अजित मिजारको न्यायको मागसहित आन्दोलन घोषणा « Khabarhub

अजित मिजारको न्यायको मागसहित आन्दोलन घोषणा


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अजित मिजारको न्यायको लागि विभिन्न दलित संगठनहरूले पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

मंगलबार काठमाडौमा संयुक्त पत्रकार सम्मेलन गर्दै एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्चले मंगलबारआन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षका कार्यक्रम सार्वजनकि गरेका छन् ।
माघ १५ गते अन्तरक्रिया कार्यक्रम गर्ने उनीहरूको योजना छ। त्यसपछि माघ २० देखि २५ गतेभित्र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र माघ ३० गते प्रदर्शन गर्ने उनीहरूको घोषणा छ। यसअघि उनीहरूले माघ ६ गते मिजारको न्यायको लागि संघर्षरत कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए।

अन्तर जातिय प्रेम सम्बन्धका कारण ८ वर्ष अघि काभ्रेका अजित मिजारको हत्या गरिएको थियो । असार ०७३ मा हत्या गरिएका मिजारको शव अझै टिचिङ अस्पतालमा छ।

पत्रकार सम्मेलनमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले वर्तमान व्यवस्थाका लागि ठूलो बलिदान गर्ने दलित समुदायले अझै पनि अमानविय ब्यवहार झेल्नु दुःखत भएको बताए ।

संयोजक नेपालीले सोति घटनाका दोषीहरुले सजाय पाउनु उदाहरणिय भए पनि एथेस्ट प्रमाण हुँदा पनि अजित मिजारका हत्याराहरुले उन्मुक्ति पाउनुले आक्रोषित तुल्याएको बताए ।

आठ वर्षदेखि शिक्षण अस्पतालमा मिजारको शव रहँदासम्म पनि राज्य सम्यन्त्र र न्यायलयले दोषिलाई छाडेको आरोप लगाउँदै उनले भने, ‘पीडितको गैर न्यायीक हत्या भएको भनेर एथेस्ट प्रमाण हुँदाहुँदै पनि प्रहरी,प्रशासन,अस्पताल र अदालतलेसम्म पनि हत्यारा जोगाउन लागेको छ, जुन हामीलाई सैय छैन ।’

जात व्यवस्था उन्मुलन मोर्चा नेपालकी अध्यक्ष मण्डल सदस्य शान्ति गजमेरले कथित उचनिचको जात व्यवस्थाको कारण मृतक मिजार जस्ता युवायुवतिले ज्यान गुमाउनु दुःखत भएको धारणा राखिन् ।

नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र कुमार छुटुन्जेलले २१औं शताब्धिमा पनि दलित समुदायले अमानविय व्यवहार भोगिरहने र राज्य सम्यन्त्र अपराधीहरुकै पक्षमा रहनु मिजार हत्या काण्ड एक उदाहरण भएको बताए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १० : २८ बजे

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै