मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेको तीन दिन « Khabarhub

मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेको तीन दिन


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले आफूहरूले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ३ दिन समय दिएको छ । प्रमुख प्रतिपक्षी समेत रहेको एमालेले शुक्रवार संसद् बैठकमा बोल्दै ३ दिनमा आफूहरूले उठाएका मागको सम्बोधन गर्नुपर्ने बतायो ।

अवरोधका कारण स्थगित भएको संसद्को दोस्रो बैठकमा विशेष समय लिएर बोलेका एमाले सचेतक महेश बर्तौलाले ६ फागुनको बैठकदेखि प्रतिपक्षी दलहरूले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।

विपक्षी दलहरूले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ ।

एमालेले ज्वालासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको समेत राजीनामा माग गरेको छ ।

एमाले सचेतक बर्तौलाले संसद्को आगामी बैठकमा मन्त्रीहरुलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफसहित आउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ४ : ३९ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका