बलिउड ‘कम ब्याक’को तयारीमा प्रियंका « Khabarhub

बलिउड ‘कम ब्याक’को तयारीमा प्रियंका


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय अभिनेत्री प्रियंका चोपडा पुनः बलिउड फिल्ममा देखिने चर्चा चलेको छ । लामो समयदेखि हलिउडमा व्यस्त नायिका पुनः बलिउड फिल्ममा देखिने कुराले चर्चा पाएको हो ।

प्रियंकाले आफूलाई ‘ग्लोबल स्टार’का रुपमा प्रमाणित गरिसकेकी छिन् । उनी अमेरिकी गायक तथा नायक निक नोजनसँग विवाह बन्धनमा बाँधिएपछि भारत बाहिर नै बढी समय बिताइरहेकी छिन् ।

भर्खरै प्रियंका पति र छोरीका साथमा भारत फर्किएकी छिन् । उनी अहिले मुम्बईमा छिन् । यससँगै उनी बलिउड फिल्ममा काम गर्नका लागि फिल्मकर्मीसँगको भेटघाटमा व्यस्त रहेको बुझिएको छ ।

उनी बलिउड फिल्मका लागि नै भारत फर्किएको भारतीय सञ्चार माध्यम अमर उजलाले उल्लेख गरेको छ । उनी अहिले प्रख्यात भारतीय निर्माता सञ्जयलीला भन्सालीसँग निरन्तर वार्तामा छिन् । भन्सालीसँग एक्सन फिल्मबारे कुरा भइरहेको चर्चा बाहिरिएको छ ।

यो फिल्मको स्क्रिप्ट चित्त बुझाए पनि प्रियंकाको समय तालिका मिल्न सकिरहेको छैन । छिटै बलिउड फिल्ममा अनुबन्ध हुन इच्छुक देखिएकी प्रियंकाले लिखित सहमति भने अहिलेसम्म जनाएकी छैनन् ।

सञ्जयबाहेक उनी नयाँ निर्माताहरुसँग संवादमा रहेको बुझिएको छ । उनले स्क्रिप्ट हेरिरहेकी छिन् ।

त्यस्तै, यस पटकको भारत यात्रामा प्रियंका आफ्नो प्रोडक्सन हाउसको काममा पनि केन्द्रित रहने बताइएको छ । उनले आफ्नो प्रोडक्सन हाउसबाट बढीमा चार प्रोजेक्ट गर्ने मनस्थिति बनाएकी छिन् ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ६ : ५४ बजे

रैथाने उत्पादन र मह प्रवर्द्धनमा रत्ननगर महोत्सव

नारायणगढ– रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङ– ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७

ताइवानलाई हतियार बेच्ने २० अमेरिकी कम्पनीमाथि चीनले लगायो प्रतिबन्ध

काठमाडौं- चीनले ताइवानलाई हतियार बेच्दै आएका केही चर्चित अमेरिकी कम्पनीको

खेलकुद क्षेत्रमा राजनीति हावी भयो : अध्यक्ष श्रेष्ठ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद

एकै सिरियलका दुई कलाकारको डेब्यू निर्देशन : दीपकको ‘परान’ सुपरहिट, अर्जुनको ‘झरीपछिको इन्द्रेणी’ फ्लप

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’बाट चर्चामा आएका दुई कलाकार दीपक आचार्य