बलिउड ‘कम ब्याक’को तयारीमा प्रियंका « Khabarhub

बलिउड ‘कम ब्याक’को तयारीमा प्रियंका


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय अभिनेत्री प्रियंका चोपडा पुनः बलिउड फिल्ममा देखिने चर्चा चलेको छ । लामो समयदेखि हलिउडमा व्यस्त नायिका पुनः बलिउड फिल्ममा देखिने कुराले चर्चा पाएको हो ।

प्रियंकाले आफूलाई ‘ग्लोबल स्टार’का रुपमा प्रमाणित गरिसकेकी छिन् । उनी अमेरिकी गायक तथा नायक निक नोजनसँग विवाह बन्धनमा बाँधिएपछि भारत बाहिर नै बढी समय बिताइरहेकी छिन् ।

भर्खरै प्रियंका पति र छोरीका साथमा भारत फर्किएकी छिन् । उनी अहिले मुम्बईमा छिन् । यससँगै उनी बलिउड फिल्ममा काम गर्नका लागि फिल्मकर्मीसँगको भेटघाटमा व्यस्त रहेको बुझिएको छ ।

उनी बलिउड फिल्मका लागि नै भारत फर्किएको भारतीय सञ्चार माध्यम अमर उजलाले उल्लेख गरेको छ । उनी अहिले प्रख्यात भारतीय निर्माता सञ्जयलीला भन्सालीसँग निरन्तर वार्तामा छिन् । भन्सालीसँग एक्सन फिल्मबारे कुरा भइरहेको चर्चा बाहिरिएको छ ।

यो फिल्मको स्क्रिप्ट चित्त बुझाए पनि प्रियंकाको समय तालिका मिल्न सकिरहेको छैन । छिटै बलिउड फिल्ममा अनुबन्ध हुन इच्छुक देखिएकी प्रियंकाले लिखित सहमति भने अहिलेसम्म जनाएकी छैनन् ।

सञ्जयबाहेक उनी नयाँ निर्माताहरुसँग संवादमा रहेको बुझिएको छ । उनले स्क्रिप्ट हेरिरहेकी छिन् ।

त्यस्तै, यस पटकको भारत यात्रामा प्रियंका आफ्नो प्रोडक्सन हाउसको काममा पनि केन्द्रित रहने बताइएको छ । उनले आफ्नो प्रोडक्सन हाउसबाट बढीमा चार प्रोजेक्ट गर्ने मनस्थिति बनाएकी छिन् ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ६ : ५४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको