सम्पादकको शर्त - ‘मलाई दक्ष रिपोर्टर चाहियो, न कि किताबी किरो’ | Khabarhub Khabarhub

सम्पादकको शर्त – ‘मलाई दक्ष रिपोर्टर चाहियो, न कि किताबी किरो’



अस्काईन कान्डवेलको जन्म सन् १९०३ मा अमेरिकामा भएको थियो। अमेरिकाको इतिहासमा उनको नाम उच्चकोटिको लेखकको दर्जामा पर्छ। लेखक हुनुपूर्व उनले पत्रकारिता गरेका थिए। आफ्ना कृतिमा उनले दक्षिण अमेरिकामा रहेका नीग्रो समुदायको कारुणिक चित्र जीवन्त रुपमा उतारेका छन्। १९३२ मा प्रकाशित उनको ‘टोबेको रोड’ उपन्यास लाखौं प्रति बिक्री भएको थियो। अस्काईनका लगभग ४० पुस्तक प्रकाशित छन्। पत्रकारिताको प्रारम्भमा भोग्नुपरेको अनुभव उनकै शब्दमा यहाँ प्रस्तुत छ।

सन् १९२५ को वसन्त ऋतुदेखि लेख्ने कामको थालनी गरेँ। त्यसबेला म २१ वर्षको थिएँ। पत्रकारितालाई व्यवसाय बनाउनेतर्फ मैले कहिल्यै सोचिन। यद्यपि लेखाइप्रति मेरो हार्दिक रुचि भएका कारण म लेखनमा निपूर्ण हुन चाहान्थें। यसैकारण लेख्ने कामलाई निरन्तरता दिने अठोट गरें। म कामको खोजीमा ‘द एटलान्टिक जर्नल’का सम्पादक भेट्न गएँ। उनले मलाई प्रत्येक हप्ता २० डलर दिने गरी रिपोर्टरमा नियुक्ति दिए। यसका निम्ति मैले उनलाई धन्यवाद दिँदै २,४ दिनपछि काम सुरु गर्ने वचन दिएँ।

मेरो वचन नसकिँदै हन्टरले प्रश्न गरे- ‘तीन चार दिनपछि किन ?’ मैले बाध्यता दर्शाएँ, ‘किताबलगायतका अन्य सरसामान लिन सार्लटसविल जानु छ।’ किताबको नाम सुन्ने बित्तिक्कै हन्टर एक्कासी जंगिदै भन्न थाले, ‘तिमी अखबारको सट्टा किताबको सोखी छौं भन्ने अगाडि नै मैले थाहा पाएको भए म तिमीलाई कुनै हालतमा राख्ने थिइनँ। मलाई दक्ष रिपोर्टर चाहिएको छ। किताबी किरो होइन। बुझ्यौ ?’

किताबको नाम सुन्ने बित्तिक्कै हन्टर एक्कासी जंगिदै भन्न थाले, ‘तिमी अखबारको सट्टा किताबको सोखी छौं भन्ने अगाडि नै मैले थाहा पाएको भए म तिमीलाई कुनै हालतमा राख्ने थिइनँ। मलाई दक्ष रिपोर्टर चाहिएको छ। किताबी किरो होइन। बुझ्यौ ?’

‘ठीक छ, म आजैदेखि काम सुरु गर्छु।’ मेरो फैसला सुन्नासाथ फिस्स मुस्काउँदै हन्टरले थपे- ‘धेरै राम्रो ! अब तिमी एउटा टाइपराइटरको प्रबन्ध गर। दिनभर सहरमा घुमेर रोचक समाचार बनाउने कामको अभिभारा पनि तिमीले लिनुपर्छ।’ यसप्रकारको पत्रकारिताबाट मैले धेरै विषयमा ज्ञान आर्जन गरेँ। सबैभन्दा पहिले त मैरो लेखाइलाई पत्रिकाको सरल भाषामा मोड्नु थियो। म समाचार बनाएर सहायक सम्पादकलाई दिन्थेँ। हातमा कलम लिएका सम्पादकले मैले तयार गरेको समाचार छाँटकाँट गर्थे। तीन चार सय शब्दको समाचार अन्तिममा आएर दशपंक्तिमै सीमित हुन्थ्यो। सम्पादक बारम्बार मैले राम्रो समाचार बनाउन नसकेकोमा टोकिरहन्थे। यो एक प्रकारको शिक्षा नै थियो, जसले मेरो जीवनको उत्तराद्र्धमा ठुलो सहयोग पुर्यायो।

एकदिन सम्पादकले समाचार संकलनका लागि ‘फाइभ प्वाइन्टस’ स्थानमा पठाए। त्यहाँ एक व्यक्तिको रहस्यमय मृत्यु भएको थियो। उक्त मृत्युबारे खोज अनुसन्धान गरेर मैले रिपोर्ट तयार पार्नु थियो। जब म घटनास्थल पुगें, त्यहाँ प्रहरी खचाखच थिए। प्रहरीबाट घटनाका बारेमा कुनै जानकारी प्राप्त भएन। मृतकको नाम मात्र पत्ता लाग्यो।

प्रहरी भन्दै थिए- ‘त्यो पनि उसको सक्कली नाम होइन।’ आत्महत्या वा हत्याको विवादले उग्र रुप धारण गरेको थियो। घटनाका बारेमा विभिन्न शंका उपशंका गरिएका थिए। तर निधोमा कोही पुगेको देखिदैनथ्यो। घटनाको जानकारी लिने उद्देश्यले मैले होटल मेनेजरसँग जिज्ञासा राखेँ। उसले भन्यो- ‘कालो सोमबार यहाँ यसरी नै आत्महत्या हुने गर्छ।’

म हतार हतार कार्यालय पुगेर त्यो गरिब मजदुरको विषयमा समाचार लेख्न थालें। मैले दुई घण्टासम्म निरन्तर लेखिरहेँ। लेख्दालेख्दै कैयौं पृष्ठ भरिए।

‘कालो सोमबारको अर्थ के हो ?’ मेरो जिज्ञासाको जवाफमा मेनेजरको उत्तर थियो- ‘यहाँका मजदुर आफ्नो सप्ताहभरको कमाई आइतबारको छुट्टीमा रक्सी खाएर सक्छन्। त्यसदिन उनीहरुको दिमागमा भोलि पनि अर्को दिन आउँछ भन्ने अटाउँदैन। जब सोमबार ती व्यक्ति ओछ्यानबाट उठ्छन्, त्यसबेला उनीहरुको जीवन अन्धकारमय हुन्छ। अन्तत : आफैंलाई सम्हाल्न नसकेर उनीहरु मृत्यु अँगाल्न पुग्छन्।’

म हतार हतार कार्यालय पुगेर त्यो गरिब मजदुरको विषयमा समाचार लेख्न थालें। मैले दुई घण्टासम्म निरन्तर लेखिरहेँ। लेख्दालेख्दै कैयौं पृष्ठ भरिए। दिउँसोको खाना खानका लागि सम्पादक निस्कन लागेका थिए। म लेखनमा व्यस्त भएको देखेर सम्पादकले समाचार पढे। समाचार पढेपछि चुरोट सल्काउँदै भने- ‘शायद तिमीलाई थाहा छैन होला अस्र्काइन, पत्रिकाको अपरान्हको संस्करण बजारमा बिक्न लाग्यो होला। मैले तिमीलाई बिहान नौ बजे नै घटनास्थल पठाएको थिएँ। यतिबेलासम्म तिमीले यौटा रिपोर्ट पनि तयार गरेका छैनौं।’

म उसलाई ‘कालो सोमबार’का कारण एक गरिबले आत्मदाह गर्नुपरेको विवशताका विषयमा सविस्तार लगाउँदै थिएँ। ‘तिम्रो विचारमा त्यसो हुनसक्छ। आज यो समाचार छापिएन भने भोलि मेरा लागि ‘कालो मंगलबार’ बन्नसक्छ। यही कारण देखाएर प्रबन्ध सम्पादकले मलाई नोकरीबाट हटाइदिन्छ।’ यति भन्दै उनले मेरो रिपोर्ट च्यातेर मिल्काइदिए। मैले तयार पारेको रिपोर्ट प्रयोगमा आउन सकेन।

पेगी मिचेल जो त्यस पत्रिकामा धेरै अघिदेखि कार्यरत थिइन, उनैद्वारा उक्त रिपोर्ट लेखाइयो। हन्टर रिपोर्ट बाहेक कथा, समसामयिक लेख मिचेलमार्फत लेखाउँथे। पाठक उनको लेख पढ्न लालायित देखिन्थे। तर उनी त्यति सजिलै रचना दिन मान्दिनथिन।

अन्तत: उनले अखबारबाट बिदा लिइन। त्यसको केही वर्षपछि मिचेलको एक ठूलो उपन्यास निस्कियो। जुन उपन्यास संसारको महान कृतिको समकक्षीमा आउन सफल भयो। उक्त कृतिको नाम थियो- ‘गन विथ द विड।’

अखबारबाट राजीनामा दिई सम्पूर्ण समय उपन्यास, कथालगायतका साहित्यिक सिर्जनामा खर्चिने उनको धोको थियो। वर्षौंअघिदेखि उनले यसखाले योजना बनाएकी थिइन। अन्तत: उनले अखबारबाट बिदा लिइन। त्यसको केही वर्षपछि मिचेलको एक ठूलो उपन्यास निस्कियो। जुन उपन्यास संसारको महान कृतिको समकक्षीमा आउन सफल भयो। उक्त कृतिको नाम थियो- ‘गन विथ द विड।’

पत्रकारिता गरेर उब्रेको समयमा म पनि उपन्यास, कथा लेख्ने गर्थें। यो कुराको जानकारी मैले हन्टरलाई दिएको थिइन। मलाई थाहा थियो- यो रहस्य खोलें भने उनले मलाई जागिरबाट तत्काल निकाल्छन्। किनकी उनको दृष्टिमा साहित्यिक कृतिको कुनै महत्त्व छैन। पत्रिकामा काम गरेको ६ महिना पुगिसकेको थियो। हन्टरले मेरो तलवमा पाँच डलर बढाइदिए।

एकदिन हन्टर बिहानै मेरो कार्यकक्षमा आएर ‘किंबल हाउस’मा हुन गइरहेको पत्रकार सम्मेलनमा गई रिपोर्ट तयार पार्न आदेश दिए। मैले सोचें कि आम मानिसको दृष्टिकोणबाट त्यस सम्मेलनको कुनै महत्त्व छैन। साधारण रिपोर्ट नै यसका लागि पर्याप्त छ। त्यहाँ पुग्नुअघि मैले आरामले होटलमा खाजा खाएँ। अनि जुत्ता पालिस गराएँ।

एक घण्टाको हिँडाइपछि म तोकिएको स्थान पुगें। पत्रकारको व्यापक जमघट थियो। म पनि पछिल्लो पंक्तिको कुर्सीमा बसेँ। आयोजकले बोलेको स्पष्टसँग सुन्न कठिन पर्यो। दिउँसोको खाना खाइसकेपछि मैले हन्टरलाई फोन गरेँ। एक डाक्टरले नयाँ किसिमको बिजुली बल्बको निर्माण गरेका थिए। त्यही बारेको पत्रकार सम्मेलन थियो त्यो। थोमस एडिसनको आविष्कार पछिको बल्ब सम्बन्धमा नयाँ खोज र प्रयोग थियो। जुन रिपोर्ट सचित्र आकर्षक ढंगबाट प्रकाशित हुन सक्थ्यो।

एक डाक्टरले नयाँ किसिमको बिजुली बल्बको निर्माण गरेका थिए। त्यही बारेको पत्रकार सम्मेलन थियो त्यो। थोमस एडिसनको आविष्कार पछिको बल्ब सम्बन्धमा नयाँ खोज र प्रयोग थियो। जुन रिपोर्ट सचित्र आकर्षक ढंगबाट प्रकाशित हुन सक्थ्यो।

मेरो फोन सम्पर्कबाट हन्टर आत्तिए। यसपटक पनि समाचार भताभुङ्ग हुने भयो भन्ने डरले उनलाई त्रस्त पारेको थियो। तर मैले भोलिको अखबारमा रिपोर्ट छाप्ने ढाड्स दिँदै उनलाई नडराउन आग्रह गरेँ। अब मलाई रिपोर्ट कसरी तयार गर्ने भन्ने चिन्ताले शर्ताउन थालेको थियो।
मैले तत्काल केही डाक्टरसँग कुराकानी गरेँ। तत्पश्चात अमेरिकाको लागि उक्त पत्रकार सम्मेलनको के महत्त्व छ र मानव जीवनका लागि यसबाट कस्तो प्रभाव पर्नसक्छ भन्ने विषयमा मैले सानो रिपोर्ट तयार गरेँ, जुन रिपोर्टले अखबारमा ठाउँ पायो।

मेरो रिपोर्ट पढेपछि प्रबन्ध सम्पादकले हन्टरलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रशंसासहित चुरोट पिउन दिए। उनको हर्षित हुँदै डाक्टरको पत्रकार सम्मेलन बारेको रिपोर्ट हाम्रो पत्रिकामा मात्र प्रकाशित भएको बताए। हन्टर मलाई भेट्न आए। आज उनको मुहारमा खुसीको चमक देखिन्थ्यो। आउने बित्तिक्कै उनले मलाई बधाई दिँदै भने, ‘अस्र्काइन, तिम्रो रिपोर्टलाई सबैले मन पराएका छन्। यो हो सच्चा पत्रकारिता। यदि तिमीले निरन्तरता पत्रकारिता गर्यौं भने तहल्का मच्चाइदिन सक्छ्यौ।

कथा, उपन्यास लेखेर लेखक बन्ने इच्छा दिमागबाट निकालिदेउ। त्यस कामको कुनै भविष्य छैन। लेखक मरी मरी काम गर्छन्। तर गोजी सधैं रित्तो भइरहन्छ। तिमीले मन लगाएर ‘जर्नल’मा काम गर्यौै भने एकदिन तिमी धैरै माथि उठ्ने छौं।’ यति भनेर केही क्षणको मौनतापछि हन्टरले पुन : ममाथि प्रश्न तेस्र्याए- ‘के अब पनि तिमी पत्रकारिता छोडेर पेशेबर लेखक बन्न चाहन्छौ ?’

कथा, उपन्यास लेखेर लेखक बन्ने इच्छा दिमागबाट निकालिदेउ। त्यस कामको कुनै भविष्य छैन। लेखक मरी मरी काम गर्छन्। तर गोजी सधैं रित्तो भइरहन्छ। तिमीले मन लगाएर ‘जर्नल’मा काम गर्यौै भने एकदिन तिमी धैरै माथि उठ्ने छौं।

मैले दृढतापूर्वक भनें- ‘हो, मैले महान लेखक बन्ने सपना देखिरहेको छु।’ मिचेलले नोकरी छोडेर लेखक भएर नाम कमाएको घटना मेरा लागि प्रेरणाको श्रोत बनेको थियो। हन्टर चुरोट पिउँदै थिए। केही छिनपछि मतिर हेर्दै भन्दै थिए- ‘जे भए पनि केही छैन। किनकी म तिमीलाई रोक्न सक्दिन। मेरो भनाइ नमान्दा तिमीले ठुलाठुला चुनौतीको सामना गर्नुपर्छ।’ त्यसको एक महिनापछि मैले पत्रिकाबाट राजीनामा दिएँ।

जति दुःख भएपनि सामना गर्ने तागत मभित्र पलाएको थियो। दुःख भोग्नुपर्ने डरले सफल लेखक बन्ने मेरो इच्छा कदापि दबाउन दिन्नथें। लेखक भएर बाँच्नु नै मेरो जीवनको अन्तिम लक्ष्य थियो। पत्रकारिता त उक्त लक्ष्य प्राप्तिका लागि अपनाइएको बाटो थियो।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ८ : २५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ