लुम्बिनीमा अनलाइन टिकेटिङको शुभारम्भ | Khabarhub Khabarhub

लुम्बिनीमा अनलाइन टिकेटिङको शुभारम्भ


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शुभारम्भ गरेको छ ।

लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले शनिबार लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी तीर्थालुहरुलाई मध्यनजर गरी तयार पारिएको अनलाईन टिकेटिङ प्रणालीको शुभारम्भ गरेका हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले सूचना प्रविधिको विकासमा अनलाइन मार्फत टिकेटिङ गर्ने कार्यले पर्यटकलाई सहजता थप्ने विश्वास गरे । उनले इटिकेटिङले कुनै पनि प्रकारको अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहयोग गर्ने बताए । उनले लुम्बिनी विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र भएकाले यहाँ आउने धार्मिक र अन्य तीर्थयात्रुहरुलाई इटिकेटिङले आर्कषित गर्ने बताए । 

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा। ल्हारक्यला लामा (खेन्पो छिमे) ले अनलाइन टिकेटिङले लुम्बिनीमा आउने पर्यटकहरूको संख्या समेत वृद्धि गर्ने विश्वास गरे । उनले लामो लाईन लागेर टिकट लिनुपर्ने वाध्यता अन्त्य गरी पर्यटकलाई सजिलो बनाउने काम गरिएको बताए । उनले लुम्बिनी बौद्धमार्गीहरूको मात्रै नभई विश्वका सबै धर्म सम्प्रदायले आस्था राख्ने भएकाले यसको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए । उनले विश्वभरका बौद्धमार्गीहरू लुम्बिनी आएर शान्ति र अहिंसाको सन्देश ग्रहण गर्नुपर्ने बताए ।

यस्तै लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले पर्यटकहरू लाइन लागेर टिकट काट्नुपर्ने समस्यालाई अन्त्य गरिएको बताए । नवनियुक्त मन्त्री पहिलाे पटक लुम्बिनी आएको अवसरमा डिजिटल प्रणालीमा संस्थालाई लैजाने कार्यले सुशासन र पारदर्शीता कायम गर्नमा सहयोग पुग्ने कोषाध्यक्ष भट्टराईले बताए । मायादेवी दर्शनसँगै बृहत्तर लुम्बिनी क्षेत्र भ्रमणका लागि अनलाईन टिकेटिङले कोषको आम्दानीमा समेत बृद्धि हुने उनले बताए । 

लुम्बिनी विकास कोषको वेवसाईट डब्लु डब्लु डब्लु डट लुम्बिनीडेभट्रस्ट डट जीओभी डट एनपी लगइन गरेर इटिकेट्समा गएपछि टिकट काट्न सकिन्छ ।  मुख्यगरी विदेशीहरुले यसको उपयोग गर्ने कोषको विश्वास छ ।

उद्घाटन समारोहमा कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य रामनरेश कोहार, विश्वराज पौडेल, राजेश शाक्य, श्याम रोक्का, परिषद सदस्य गोपिकृष्ण शर्मा लगायतको सहभागिता थियो ।

इटिकेस्मा गएपछि नेस्नालिटी, व्यक्तिको संख्या, गाडी वा ट्याक्सी, क्यामेरा र फिल्म सुटिङका लागि भए त्यो अप्सन छनौट गरेपछि तोकिएको मूल्य भिस्सा कार्ड, बैंक, इसेवा र खल्ती एपबाट तिर्न सकिने व्यवस्था मिलाइएको कोषका लेखा प्रमुख भिम बस्नेतले जानकारी दिए । अहिले मायादेवी मन्दिर प्रवेश र तोकिएका अन्य सेवाका शुल्कहरु राखिएको उनले बताए ।

 पेमेन्ट सहकार्य गरेको माछापुच्छ्रे बैंकका चिफ डिजिटल अफिसर माधव सुवेदीले घरबाटै सुविधा लिन सकिने र क्यूआरबाट विदेशी पर्यटकहरूले टिकट काट्न मिल्ने गरी सुविधा दिइएको बताए । उनले चिनियाँ पर्यटकहरूलाई बिउ च्याट मार्फत सुविधा दिने गरी लुम्बिनी विकास कोषसँग बैंकले सहकार्य गरेको बताए ।

निकट भविष्यमा बृहत्तर लुम्बिनी क्षेत्रको भ्रमणका लागि नेपालीलाई न्यूनतम शुल्क लिने गरी अनलाइन टिकेट्स विकास गर्दै लगिने कोषको योजना रहेको छ । अवेकोड प्रा.ली.ले तयार पारेको अनलाइन टिकेटका लागि माछापुच्छ्रे बैंक पेमेन्ट पार्टनरका रुपमा रहेको छ । लुम्बिनीमा २०६१ सालदेखि टिकट काट्न थालिएको हो । लुम्बिनीमा गत वर्ष वार्षिक १० लाख पर्यटक आएका थिए । कोभिडअघि २०१९ मा सबैभन्दा बढि १६ लाख बढि पर्यटक लुम्बिनी आएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ४ : ३८ बजे

हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ का परीक्षार्थीले गरे तोडफोड

वीरगञ्ज– वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।

जनकपुरको अन्तर्राष्ट्रिय रंगशाला १७ वर्षदेखि अलपत्र, जग्गा सम्झौता भंगपछि स्थानीय निरास

जनकपुरधाम– जनकपुरमा निर्माणाधीन रहेको श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला चितवनको

लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली?

काठमाडौं- आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमा प्रमुख

बझाङ उपनिर्वाचन : छबिसपाथिभेराको वडा १ बाट मत गन्न थालियो

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ । मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय