डीएसपी भण्डारी र इन्सपेक्टर लिम्बू चैत महिनाका सर्वोत्कृष्ट प्रहरी « Khabarhub

डीएसपी भण्डारी र इन्सपेक्टर लिम्बू चैत महिनाका सर्वोत्कृष्ट प्रहरी


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारी गत चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो।

डीएसपी भण्डारीले सुनसरीको हरिनगर गाउँपालिका-२ का आशिफ अन्सारीको पैसा भएको झोला अपरिचित व्यक्तिहरूले लिएर भागेको घटनाको अनुसन्धानको क्रममा मोहम्मद इब्रान मन्सुरी मियाँ र उमेश मुखियालाई पक्राउ गरेका थिए ।

त्यस्तै उनले हरिनगर गाउँपालिका-३ स्थितमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादलाई प्रहरीको प्रभावकारी परिचालन गरि जनधनको क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुनसरीको चतरामा आयोजना गरिएको १२ वर्षे ‘तेश्रो पिण्डेश्वर पूर्ण महाकुम्भ मेला’ को सुरक्षार्थ प्रभावकारी सुरक्षा योजना बनाई प्रहरी परिचालन गरेकाले डीएसपी भण्डारीलाई चैत महिनाको सर्वोकृष्ट प्रहरी घोषित गरि पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले बताए ।

पुरस्कृत भएका डीएसपी भण्डारीको तस्बिर कोशी प्रदेशका सबै प्रहरी कार्यालयमा महिन दिनसम्म राखिने उनले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी निरीक्षक विशाल लिम्बुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुरको अरुण गाउँपालिका–४ का सौरभ तामाङलाई झापाको काँकडभिट्टाबाट पक्राउ गर्न सफल भएको थिए ।

त्यस्तै आमचोक गाउँपालिका–७ मान्द्रेभिरबाट हस्तबहादुर मगर लडी मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा संलग्न पदमबहादुर मगरलाई भरुवा बन्दुक थान–२ सहित पक्राउ गरेको भन्दै सर्वोत्कृष्ट घोषित गरिएको हो ।

प्रहरी निरीक्षक लिम्बुले भोजपुर नगरपालिका–५ का चन लामा भन्ने छिरिङ ग्याम्बोलाई मोटरसाइकल चोरी भएको घटनामा अनुसन्धानको क्रममा पक्राउ गर्न सफल भएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १२ : ०० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज