आजका समाचार : कार्यदलमा फुकेन गाँठोदेखि साकेला उभौलीसम्म  | Khabarhub Khabarhub

आजका समाचार : कार्यदलमा फुकेन गाँठोदेखि साकेला उभौलीसम्म 


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

कार्यदलमा मिलेन कुरा, रविको नाम लेख्नै पर्ने अडानमा कांग्रेस यथावत

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न बिहीबार दिउँसो बसेको कार्यदलको बैठक कुरा नमिली सकिएको छ।

अपरान्ह पौने ४ बजे सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्नै पर्ने अडान लिएको हो ।


बैठकपछि बाहिरिँदै नेकपा एमालेका प्रमुख सचेत महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले लामिछानेको नाम नराख्ने कुरामा कांग्रेस लचक भएको कुरा बताएका थिए । उनीहरू दुवैले भोलि बिहान साढे ८ बजेको कार्यदल बैठकमा कुरा टुंगिएर संसद् खुल्ने दाबी गरेका थिए ।

तर बैठकमा सहभागी नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्ता पक्षले भने जस्तो आफूहरू लचक नभएको बताए । उनले अहिले पनि आफूहरू रवि लामिछाने मुछिएका चारवटा सहकारीसहित उनको पनि नाम संसदीय समितिको टीओआरमा लेखेर अनुसन्धान हुनुपर्ने अडानबाट पछि नहटेको बताए ।

एमाले र रास्वपाको दाबी रविको नाम नराख्न कांग्रेस लचक भयो

कांग्रेसका दाजुभाउजूसहित सबै नेताको नाम लेखेर छानबिन गरे हुन्छ

जीवन परियारले भने : रविलाई छाडेर गोलमोटोल भाषाले छानबिन अघि बढ्दैन

सहकारी प्रकरण : सहमति खोज्न तीन दिनपछि सिंहदरबारमा कार्यदल बैठक

आन्दोलनका लागि उपत्यकाका १५ वटै क्षेत्रमा खटिए कांग्रेसका प्रतिनिधि

कांग्रेसलाई कसले भड्कायो थाहा भएन, सहमतिकै पक्षमा छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेपाली कांग्रेससँग अहिले पनि सहमतिकै पक्षमा रहेको बताएका छन् । सहकारी ठगीबारे संसदीय छानविन समिति बनाउन आफू तयार रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ छ । कार्यदलमा सहमतिको प्रयास टुंगिनै लाग्दा नेपाली कांग्रेसलाई कसैले भड्काएको प्रधानमन्त्रीको गुनासो छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र दिन बुधबार अपराह्न बालुवाटार पुगेका सम्पादकहरुको टोलीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफू सहमतिका साथ अगाडि बढ्न चाहेको बताएका हुन् । तर, नेपाली कांग्रेस र आफूवीचको राम्रो सम्बन्धलाई कसैले भड्काएर खेल्न खोजेको आशय प्रधानमन्त्रीले प्रकट गरेका थिए ।

ओलीले भने : सिरोहियालाई समाचारको विषयमा पक्राउ गरिएको होइन

राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैन : उपसभापति गुरुङ

बुद्धधर्मको महत्व विश्वभर छ : परराष्ट्रमन्त्री श्रेष्ठ

लोसपाको महासचिवमा शीतलप्रसाद यादव मनोनित

गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गर्नुपर्छ : मुख्यमन्त्री अधिकारी

संसद् खुलाउन एकीकृत समाजवादीले सत्ता र प्रतिपक्षसँग छलफल गर्ने
सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले लामो समयदेखि संघीय संसद्मा देखिएको अवरोध खुलाउन पहल थाल्ने निर्णय गरेको छ ।

बिहीबार बसेको ८२औँ सचिवालय बैठकले सहकारीको बचत हिनामिना, दुरुपयोग र ठगी छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान राखेको प्रतिपक्षी नेपाली कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेसहितसँग छलफल गर्ने निर्णय गरेको हो ।


यस्तै एकीकृत समाजवादीको यो बैठकले १० औँ महाधिवेशनको दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने निर्णय गरेको छ ।

सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने उपमहासचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीको १० औँ महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा गर्ने तयारी छ ।

उपेन्द्रको चिन्ता : संसदीय व्यवस्था असफल भएर देश तानाशाहीतर्फ जान लाग्यो

एमाले सुनसरीको अध्यक्षमा निलम खनाल, उपाध्यक्षमा परशुराम यादव ३ मतले विजयी

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएन : आरजु राणा

सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड शेर्पा बेपत्ता

सीता एयरको ठक्करबाट एक कर्मचारी घाइते

कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा फोटो प्रदर्शनी र सांस्कृतिक साँझ
बुद्ध जयन्तीको अवसरमा भारतीय दूतावास र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा लुम्बिनीमा फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझ आयोजना गरिएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भए ।

बुधबार नै लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘बुद्ध धर्म र वैश्विक शान्ति’ विषयक विचार गोष्ठी गरियो ।


भारत र नेपालका विशिष्ट बौद्ध विद्वानले उक्त गोष्ठीमा सहभागिता जनाए । उनीहरूले आधुनिक जगतमा भगवान् बुद्धका शिक्षाको सान्दर्भिकताबारे विचार र अन्तर्दृष्टि सुनाए । उनीहरूले भारत र नेपालबीचको अद्वितीय र समृद्ध बौद्ध सम्बन्धबारे प्रकाश पारे ।

बुद्ध जन्मभूमिलाई धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

बुद्धधर्मको महत्व विश्वभर छ : परराष्ट्रमन्त्री श्रेष्ठ

बृहत् राष्ट्रिय एकतामा अग्रसर हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान

राष्ट्रियसभा अध्यक्ष दाहालबाट बुद्ध जयन्ती र उँभौलीको शुभकामना

बौद्धदर्शन मानव समुदायका लागि प्रेरणादायी : अध्यक्ष नेपाल

बुद्धका उपदेशलाई मन, वचन र कर्मले पालना गरौँ : देउवा

साकेला उभौली : उल्लासमय बन्दै किराँत गाउँबस्ती
किराँत समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिक रूपमा सुरु भएको छ । किराँत समुदायमा ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म साकेला (उभौली) मनाउने प्रचलन छ ।

साकेला उभौलीका अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । घरघरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै गोलो घेरामा साकेला नाच्ने गरिन्छ ।

उँभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति

ललितपुरको हात्तीवनमा उभौली उत्सव (तस्बिरहरु)

अन्तराष्ट्रिय…

ताइवानलाई घेरा हाल्दै चीनको युद्धअभ्यास सुरु
तीन दिनअघि ताइवानमा चीन विरोधी नेता विलियम लाइ चिङ टेले राष्ट्रपति पदको सपथ ग्रहण गरेपछि चीनले बिहीबारदेखि ताइवानलाई चारैतिरबाट घेरेर दुई दिने अभ्यास सुरु गरेको छ । चीनले ताइवानविरुद्ध यति ठूलो युद्धअभ्यास गरेको यो पहिलो पटक हो ।

यसअघि ताइवानमाथि मात्रै आर्थिक नाकाबन्दी लगाउँदै आएको थियो । वास्तवमा, ताइवानमा यस वर्ष जनवरीमा भएको राष्ट्रपतीय चुनाव अघि चीनले उम्मेदवार लाइ चिङ टेलाई पृथकतावादी भनेको थियो ।

जर्मनका राष्ट्रपतिले गरे राजनीतिक ‘हिंसा’ को निन्दा

पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने

मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको ‘स्टेज’ भत्किँदा नौ जनाको मृत्यु

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

थाइल्याण्डमा प्रधानमन्त्रीको मुद्दाको सुनुवाइ गर्न अदालत सहमत

बेलायतमा जुलाई ४ मा आमनिर्वाचनको घोषणा

 

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ८ : ०२ बजे

सहकारीको एक अर्ब ठगीमा पक्राउ तेजबिक्रम टेलिभिजनदेखि अस्पतालसम्मका मालिक

ललितपुर- सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको

सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिको कार्यविधि पारित

काठमाडौं– सहकारीको बचत रकम ठगी सम्बन्धी छानबिन गर्न बनेको संसदीय

अर्थसंक्षप : धितोपत्र बोर्डको अध्यक्षको अन्तरवार्ता बुधबार पनि हुने, नेप्से १७ अंकले घट्यो 

काठमाडौं– धितोपत्र बोर्डको अध्यक्ष पदको अन्तरवार्ता बुधबारलाई सारिएको छ ।

अति आवश्यक सामान ल्याउँदा एसएसबीको ज्यादती, छोटी भन्सार सञ्चालन नहुँदा समस्या

रौतहट– सीमावर्ती भारतीय बजारबाट अति आवश्यक सामान ल्याउँदा पनि भारतीय

वैदेशिक रोजगार पीडितलाई न्यायको माग गर्दै आइटी आर्मीको प्रदर्शन

काठमाडौं– आम जनता पार्टीको आइटी आर्मीले वैदेशिक रोजगारीमा जाने युवाहरूसँग