थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु « Khabarhub

थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – थाइल्याण्डको ध्वजाबाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरुआत गरेको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौँसम्मको उडान गरिरहेकामा कोरोना महामारीका कारण स्थगित गरेको थियो ।

नेपाललाई विश्वसँग जोड्ने र विश्वबजारका यात्रुहरुलाई पनि नेपाल ल्याउने थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रामा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो । थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टका रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो ।

हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । नेपालमा पुन उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाइ एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो ।

थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन बिट किचाथोर्नले काठमाडौं र बैंकक बीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा भएको भन्दै यो सेवाले नेपाललाई थाइल्याण्डलगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने विश्वास व्यक्त गरे ।

नेपालमा पहिलो पटक सेवा सुरु गरेदेखि नै थाई एयरवेजको यात्रा सांस्कृतिक र आर्थिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने एउटा माध्यम बनेको उहाँको भनाइ छ । हाल थाई एयरवेजले ६० भन्दाबढी गन्तव्यमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रीमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ ।

हाल थाई एयरवेजसँग कूल ७३ विमान छन् । थाई एयरवेजले नेपालमा आफ्नो प्रत्यक्ष सेवा पुनः सुरु गरेर दक्षिण एसियाली क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको छ । थाइ एयरवेज थप नेपाली यात्रुहरूलाई थाई आतिथ्यताको न्यानोपनसहित स्वागत गर्न तत्पर रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ९ : ३४ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार