राजनीतिक स्थायित्वका लागि पनि संविधान संशोधन आवश्यक : शेखर कोइराला « Khabarhub

राजनीतिक स्थायित्वका लागि पनि संविधान संशोधन आवश्यक : शेखर कोइराला


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि पनि संविधान संशोधन गर्न आवश्यक रहेको बताए ।

प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको संविधान संशोधनः प्रेस स्वतन्त्रता विषयक कार्यक्रममा कोइरालाले अहिलेको निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक स्थायित्व हुन नसकेको भन्दै राजनीतिक स्थायित्वका लागि पनि संविधान संशोधन गर्न आवश्यक रहेको बताए ।

उनले संविधानलाई १० वर्षमा पुनरावलोकन गर्नुपर्ने संवैधानिक व्यवस्था नै रहेका कारण अव कांग्रेस र एमालेले देशको आवश्यकताका आधारमा संविधान सुधारको काम गर्ने धारणा राखे ।

समावेशी समानुपातीकलाई आघात नपुग्ने गरि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा दुईमत नरहेको उनको भनाइ छ ।

कोइरालाले अहिले दुई ठूला दल मिल्दा निरङ्कुशता जन्मने डर पनि रहेकाले सञ्चारमाध्यमले अग्रणी भूमिका खेल्नुपर्ने र गलत काम हुनबाट रोक्न खबरदारी गर्नुपर्ने बताए ।

उनले आफूहरू सत्तामा रहेपनि सरकारको गलत कामलाई गलत र सही कामलाई सही भन्ने स्पष्ट पारे । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : ०२ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र