आजका समाचार : प्राधिकरणले जोडिदियो उद्योगको बत्ती, प्रदेशमा फेरिँदै मुख्यमन्त्री, भारतमा नयाँ बजेट | Khabarhub Khabarhub

आजका समाचार : प्राधिकरणले जोडिदियो उद्योगको बत्ती, प्रदेशमा फेरिँदै मुख्यमन्त्री, भारतमा नयाँ बजेट


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

संसद्का संयुक्त र विषयगत समितिका सदस्यको नाम हेरफेर
प्रतिनिधिसभाले संसदीय सुनुवाइ र विषयगत समितिमा सदस्य थप र हेरफेर गरेको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राखेको सदस्यको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।

सभामुख घिमिरेले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेरको प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त समितिमा सांसद रमेश लेखकको स्थानमा सांसद श्यामकुमार घिमिरे र सांसद डा स्वर्णीम वाग्लेको स्थानमा डोलप्रसाद अर्याललाई हेरफेर गरिएको छ ।

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

पूर्वमन्त्री राय हत्या प्रकरण : अनुसन्धानमा खटियो सीआईबी, फरार तीन जनाको खोजी हुँदै

ओलीको निर्देशनपछि ६ वटा उद्योगको बिजुली जोडिदिने प्राधिकरणको निर्णय

एमाले सांसद गिरीको तर्क-पूर्वाग्राही भएर प्राधिकरणले उद्योगको लाइन काट्यो

ज्ञानेन्द्र शाहीको चेतावनी-संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउनुहोस्

विद्युत लाइन जोड्ने विषयमा सरकारले अनुचित निर्देशन दियो : सुदन किराँती

निर्माण व्यवसायीका मागप्रति सरकार सकारात्मक छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति आफू सकारात्मक रहेको बताएका छन् ।

आज नेपाल निर्माण व्यवसायी महासंघकातर्फबाट मन्त्री सिंहलाई बधाई दिन पुगेको टोलीसँगको भेटमा सिंहले यस्तो बताएका हुन् ।


सिंहले निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर हुने भन्दै निर्माण व्यवसायीलाई पनि आयोजनाहरू समयमै सम्पन्न गर्ने गरि काम गर्न आग्रह गरे ।

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त
 नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए  ।

बिहान शंकास्पद भनिएको वस्तु बस नभएको पुष्टि, खोजी केराघारीबाट काभ्रेघाटतिर
भरतपुर महागनरपालिका-२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै असार २८ गते बिहान बगेर त्रिशूलीमा खसेका दुईवटा बस र यात्रुको खोजी अहिले पनि जारी छ ।

नेपाल र भारतको संयुक्त उद्धार टोलीले दुर्घटनास्थल सिमलतालदेखि केराबारीसम्म खोजी गर्ने क्रममा मंगलबार बिहान केही वस्तु भेटिएको संकेत पाएका थिए।


तर दिनभरको खोजीका क्रममा भारतको एनडीआरएफ र नेपालस्थित सशस्त्र प्रहरीको टोलीले उक्त बस्तु बस नभएको पुष्टि गरेका छन् । त्यसपछि अहिले खोजी पनि उक्त शंकास्पद बस्तु भएको केराघारीबाट काभ्रेघाटतिर सोझिएको छ ।

सिमलताल दुर्घटना : केराबारीसम्म खोजी गर्दा केही वस्तु भेटिएको संकेत

अवरुद्ध हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालन

तनहुँ जलविद्युत् आयोजनाले गति लिँदै, भौतिक प्रगति ५९ प्रतिशत

साँफे-मार्तडी राजमार्ग : पहिरो रोक्न त्रिपालको सहारा

कर्णालीका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध

भारतमा वार्षिक बजेट सार्वजनिक, वृद्धिदर अनुमान ७ प्रतिशत
भारतमा आज आर्थिक वर्ष २०२४–२०२५ का लागि वार्षिक बजेट पेश हुँदैछ । विश्वकोे पाँचौँ ठूलो अर्थतन्त्र भएको भारतको अर्थतन्त्र नयाँ आर्थिक वर्षमा ७ प्रतिशतले बढ्ने त्यहाँको सरकारी अनुमान छ ।

त्यहाँकी वित्तमन्त्री निर्मला सीतारमणले लगातार सातौंपटक बजेट ल्याउन लागेकी हुन् । कुनै अर्थमन्त्रीले लगातार सातपटक बजेट पेश गरेको रेकर्ड वित्तमन्त्री निर्मलाले बनाउँदैछिन् । यसअघि मोरारजी देसाईले लगातार ६ आर्थिक वर्षको बजेट पेश गरेका थिए ।

कमला ह्यारिस भन्छिन्-राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ

बेलायतमा महिलाविरुद्धको हिंसा ‘राष्ट्रिय आपतकाल’

इथियोपियामा पहिरोमा परी एक सय ४६ को मृत्यु

‘राष्ट्रिय एकता’का लागि प्यालेस्टिनी प्रतिद्वन्द्वीसँग सम्झौता गर्ने हमासको घोषणा

बेलायतको जलवायु रणनीति अदालतको छानबिनमा

बंगलादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ७ : ५९ बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार