पोखराका दुई दृश्य : एकातिर रविको पक्षमा नाराबाजी, अर्कातिर सूर्यदर्शनका पीडितको प्रदर्शन « Khabarhub

पोखराका दुई दृश्य : एकातिर रविको पक्षमा नाराबाजी, अर्कातिर सूर्यदर्शनका पीडितको प्रदर्शन


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार दिउँसो गण्डकी प्रदेशको राजधानी पोखरामा फरक दुई दृश्य देखिए ।

यी दुवै दृश्यमा जोडिएका पात्र भने एकजना अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुन् ।

पोखरास्थित जिल्ला प्रशासन कार्यालय परिसरबाहिर रास्वपा सभापति लामिछानेको पक्ष र विपक्षमा नाराबाजी जारी छ ।

सहिद चोकको चौतारीमा भेला भएको एउटा समूहले पूर्वगृहमन्त्री लामिछानेको पक्षमा नाराबाजी गरेको छ । पोस्टर र पम्प्लेटसहित जम्मा भएको उक्त समूहले रविलाई फसाउन लागिएको भन्दै सरकारको विरोधमा प्रदर्शन गरेको हो ।

रास्वपाका कार्यकर्तासहित केही दर्जनको संख्यामा रहेकाहरूले षडयन्त्र गरेर फसाउन लागेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । रास्वपा नेता–कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

रविका समर्थकहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘फाशिस्ट सरकार मुर्दावाद’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लगाएका छन् । रविलाई फसाउन खोजिए आफूहरू प्रतिरोधमा उत्रिने उनीहरूको भनाइ छ ।

अर्कातिर सहकारी प्रकरणमा दोषी देखिइसकेको भन्दै रविलाई पक्राउ गर्न माग गर्दै सूर्यदर्शन सहकारी संस्थाका पीडित बचकर्ताहरूले प्रदर्शन गरेका छन् ।

पीडितहरूले ‘रवि लामिछानेलाई पक्राउ गर्’, ‘पीडितलाई न्याय दे’, ‘अपराधीलाई कारबाही गर’, ‘हाम्रो रकम फिर्ता गर्’ जस्ता नारा लगाए ।

सहकारीका बचतकर्ताको पैसा गोर्खा मिडियामार्फत ठगी गरेको भन्दै पीडितहरूले जिल्ला प्रशासन कार्यालयको गेटसँगै उभिएर नाराबाजी गरेका छन् ।

पीडितहरूले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् । गोर्खा मिडियाका संस्थापक एवम् सञ्चालक पूर्वडीआईजी छविलाल जोशी आइतबार पक्राउ परिसकेका छन् ।

उनलाई आइतबार नै बुद्ध एयरको जहाजबाट पोखरा लगेर म्याद थपिँदै छ । उनी गितेन्द्रबाबु राई (जीबी) र रविका साझेदार हुन् । सहकारी छानबिन संसदीय समितिले यस प्रकरणमा छविलाई जस्तै रविलाई पनि दोषी देखाएको छ । तर रविले आइतबार राति पार्टी कार्यालयमा कार्यकर्ता उतारेर आफूलाई पक्राउबाट जोगाएका छन् ।

यसअघि रविको संलग्नतामा सहकारीको करोडौं रकम अपचलन गरिएको दाबीसहित सूर्यदर्शनका पीडितले २०८० माघ २२ गते जाहेरी दिएका थिए । त्यसबेला रविसहित गोर्खा मिडियासहित विभिन्न १८ सञ्चालक र सदस्य तथा संस्थालाई पनि विपक्षी बनाएर दिएको जाहेरीका आधारमा अहिले अनुसन्धान अघि बढेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १ : ३४ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी