देशभर फैलियो डेंगु, संक्रमितको संख्या ११ हजार नाघ्यो  « Khabarhub

देशभर फैलियो डेंगु, संक्रमितको संख्या ११ हजार नाघ्यो 


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरका सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ।

हाल देशभरका जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणमा उल्लेख छ ।

 हालसम्म डेंगु रोगको सङ्क्रमणबाट यो वर्ष ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ ।

पछिल्लो समय डेंगुले विकराल रूप लिएको छ । डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । अहिले देशका ७७ वटै जिल्लामा यो रोग देखा परेको छ ।

डेंगुका धेरैजसो बिरामीमा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने शरीरमा डाबरहरु आउने, जोर्नी तथा मांसपेशीहरू बेस्सरी दुख्ने आदी लक्षणहरू देखा परेको चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  २ : ०९ बजे

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका