आजका समाचार : न्यूयोर्कमा प्रधानमन्त्रीको स्वागत कार्यक्रम रोकियो, सात बुँदेमा प्रचण्डको प्रश्न र सहकारी प्रक्ररणमा राजनीतिक तरङ्ग | Khabarhub Khabarhub

आजका समाचार : न्यूयोर्कमा प्रधानमन्त्रीको स्वागत कार्यक्रम रोकियो, सात बुँदेमा प्रचण्डको प्रश्न र सहकारी प्रक्ररणमा राजनीतिक तरङ्ग


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

ओली र मोदीबीच तीनवटा मुद्दामा कुराकानी
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओेली र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता भएको हो।

भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भएको जनाएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले भारत–नेपाल मित्रता धेरै बलियो रहेको उल्लेख गरेका छन् ।


उनले यो सम्बन्धलाई अझै गति दिन चाहेको उल्लेख गर्दै आफूहरूबीचको वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित भएको जनाएका छन् ।

उनले भनेका छन्– ‘प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो । भारत–नेपाल मित्रता धेरै बलियो छ । हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ। हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो।’

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भुटानका प्रधानमन्त्री तोग्बेको भेट

सुरक्षाको कारण देखाउँदै न्यूयोर्कमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वागत कार्यक्रम स्थगित

भट्टराईले ल्याउन सकेनन् स्‍नातक पासको प्रमाण, राजदूतबाट नाम अस्वीकृत गरिँदै

श्रममन्त्री भण्डारी र जापानी समकक्षीबीच भेट, श्रम समझदारी कार्यान्वयनबारे छलफल

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा हुन्छ : मन्त्री चौधरी

कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित

परराष्ट्रमन्त्री राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष दाहालको बधाई

संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता
संविधान निगरानी समूह र आइएसएसआरको संयुक्त आयोजनामा संविधानसम्बन्धी बहस कार्यक्रम आयोजना गरिएको छ।

संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रमको संयोजन संविधान निगरानी समूहका संयोजक पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट भइरहेको छ भने कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् ।


लैनचौरस्थित होटल मल्लमा आयोजित कार्यक्रममा विभिन्न दलका नेता, सांसद र कानुनविद्हरूको सहभागिता रहेको छ ।

प्रचण्डको आरोप : सातबुँदे नक्कली हो, संविधान संशोधन कांग्रेस-एमालेको एजेन्डा नै होइन

‘मैले अलिक धेरै गर्न खोजेको भए १८ दिनमै हट्नु पर्‍थ्यो’

प्रचण्डको तर्क- नेपालमा दुई दलीय भन्नु अधिनायकवादको यात्रा हो

कांग्रेस-एमालेबारे प्रचण्डको टिप्पणी : कार्यान्वयन नगरी संविधान असफल भयो भन्ने छुट छैन

संविधान संशोधन गर्दा राजनीतिक शक्ति बाँडफाँटबारे बुझौँ : एनपी साउद

अहिलेको संविधान प्रचण्डको हो, यसलाई नेपालको बनाउन बाँकी छ : रवीन्द्र मिश्र

‘संविधान पुनरावलकोन हार-जितको कुरा होइन, सहमतिको सरकार चाहिन्छ’

संविधान संशोधनअघि प्रक्रिया र मुद्दाहरूमा सहमति खोजौँ स् सुरेन्द्र पाण्डे

पक्राउविरुद्ध दुर्गा प्रसाईद्वारा बन्दी प्रत्यक्षीकरणको निवेदन
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरिएको छ ।

प्रसाईंका कानुन व्यवासायीले सोमबार बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालत प्रशासनमा वारेसमार्फत रिट दिएका हुन् ।


सर्वोच्च प्रशासनले पेश गरिएको रिटको दर्ता गर्ने बारे अध्ययन गरिरहेको जनाएको छ ।

आइतबार आफ्नै निवासबाट पक्राउ परेका प्रसाईं राति नै वीर अस्पतालमा भर्ना भएका थिए । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई अस्पतालबाट लगेर बयान थालेको छ ।

दुर्गा प्रसाईँ अस्पताल भर्ना

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा पेस गरिँदै

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

धनुषा प्रहरीको हिरासतबाट भागेका सातजना थुनुवा पक्राउ

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा पेस गरिँदै

पत्रकार महासङ्घलाई सर्वोच्चको प्रश्न- निर्वाचन समयमा किन भएन ?
सर्वोच्च अदालतले नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

धुव्रप्रसाद चौलागाइँले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासंघलगायत मातहतलाई सोधेको हो ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै विपक्षीका नाममा लिखित जवाफ मागेको हो ।

अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय बन्द

प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट

संसदीय समितिले गर्‍यो नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण

देशका गौरव र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति : राष्ट्रपति

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी

ऊर्जामन्त्री खड्काले गरे ढल्केबर सबस्टेसनको निरीक्षण

प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान

श्रीलंकामा वामपन्थी नेता दिसानायकाद्वारा राष्ट्रपतिको सपथ ग्रहण
श्रीलंकामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

श्रीलंकाको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएको आयोगले जनाएको छ ।

जापानमा भारी वर्षाका कारण छ जनाको मृत्यु, १० बेपत्ता

पनडुब्बी विकासमा भारतसँग सहकार्य गर्ने ब्राजिलको चाहना

पाकिस्तानको हिन्दु मन्दिरमा तोडफोड र झडप

इजरायलमा रहेका नागरिकलाई इजरायल छाड्न चीनको आग्रह

म्यान्मामा रोहिङ्ग्या शरणार्थीलाई जबरजस्ती सेनामा भर्ती

लेबनानी नागरिकलाई हिजबुल्लाह क्षेत्रबाट टाढा रहन इजरायलको आग्रह

चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको आलोचना

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ५६ बजे

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख

कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकबीच भेटवार्ता

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकबीच

एसइई पूरक परीक्षामा ५६.७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि गण्डकी प्रदेशस्तरीय ‘वाई वाई अन्डर –१९’