ज्यान मार्ने धम्कीका बीच सुटिङमा फर्किए सलमान | Khabarhub Khabarhub

ज्यान मार्ने धम्कीका बीच सुटिङमा फर्किए सलमान


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक सलमान खानलाई लरेन्स विस्नोई ग्याङबाट लगातार ज्यान मार्ने धम्की आइरहेको छ । केही महिनाअघि उनको घरमा गोली प्रहार भएको थियो ।

सोही ग्याङले गत असोज २७ गते सलमान निकट मानिने नेता बाबा सिद्दिकी गोली हानी हत्या गरेको थियो । त्यसको ६ दिनपछि सलमानलाई पुन: ज्यान मार्न धम्की आएको थियो ।

गत असोज २ गते मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेजमार्फत सो धम्की आएको हो । मुम्बई पुलिसका अनुसार सो धम्कीको सन्देशमा लेखिएको थियो, ‘सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ। पैसा नदिए सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ।’

सो धम्कीपछि सलमानको सुरक्षा कडा बनाइएको छ । सोहीकारण पनि उनी तत्कालै काममा नफर्कने अनुमान गरिएको थियो ।

यद्यपि सलमान पूर्व योजनाअनुसार काममा फर्किएको पाइएको छ । उनी धम्कीका कारण आफ्ना कुनै पनि पूर्वनिर्धारित काम रोक्ने सोचमा नभएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

इन्डिया टुडेले निर्माण टिम निकट स्रोतको दाबी गर्दै सलमान फिल्म ‘सिकन्दर’को छायाङ्नमा सहभागी भएको बताएको छ । उनी मंगलबारबाट छायाङ्नमा जोडिएको उल्लेख गरिएको छ ।

छायाङ्नस्थलमा सलमान कडा सुरक्षा घेरामा छन् । आगामी साता अर्थात् दिवालीसम्म उनी छायाङ्नमा रहने बुझिएको छ ।

त्यस्तै, रोहित सेट्टीको फिल्म ‘सिङ्गम ३’ मा सलमानको केमियो रोल नहटाइने भएको छ । भारतीय मिडियाका अनुसार यस फिल्ममा सलमानले ‘दबङ’ को पात्र ‘चुलबुल पाण्डे‘को चरित्रमा केमियो दिने तय भएअनुसार छायाङ्नमा सहभागी भएका छन् ।

धम्कीका कारण सलमान छायाङ्नमा सहभागी हुन नसक्ने भन्दै उनको केमियो बिना नै फिल्म प्रदर्शनमा आउने चर्चा चुलिएको थियो । तर, काममा फर्किएसँगै उनी मंगलबार मुम्बईमै ‘सिङ्गम ३’ को छायाङ्नस्थल  पुगेका हुन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : ०३ बजे

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि