आज २०८१ साल कात्तिक ७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक ७ गते बुधबारको राशिफल


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक ७ गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर २३ तारिख। कात्तिक कृष्ण पक्षको पष्ठी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आर्थिक अवस्था संकटमा पर्नसक्छ। लगानीका क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। बन्धुसँग गरेको छलफलबाट कामको सुरुवात गरेमा दिन सहज बन्नेछ। राजनीतिक संगठनमा धराप थाप्ने साथी सक्रिय छन्। न्याय भने तपाईंको पक्षमा मिल्नेछ। परिवारको साथ मिल्नेछ।

वृष : राम्रो बोले पनि साथीले गलत व्याख्या गर्नसक्छन्। विदेशी लगानीका क्षेत्रबाट फाइदा हुने योग छ। राजनीतिक संगठनमा सहकार्य नगर्नु राम्रो हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ।

मिथुन : दिन राम्रो छ। साथीले प्रशंसा गर्नेछन्। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। रोगको समयमै उपचार नगरेमा गम्भीर रुप लिनसक्ने देखिन्छ। परिवारमा मेलमिलाप हुनेछ।

कर्कट : अढैया शनिदेव प्रतिकुल भएकाले बिहानै शिवको भजन सुन्नुभएमा फाइदा हुनेछ। तपाईंले सोचेका काम बन्नेछन्। उपचारकोक्रममा भए रोगको पहिचान हुनेछ। परिवारले राम्रो साथ र सहयोग दिने योग छ।

सिंह : श्रमको प्रतिफल प्राप्त हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारमा निर्भर हुँदा धोका हुनसक्छ। कर्तव्य मात्र पुरा गर्नु अवश्यक देखिन्छ। नियमित औषधी सेवन गरेमा रोगबाट मुक्ति मिल्नेछ।

कन्या : लगानी गरेको भए राम्रो प्रतिफल मिल्नेछ। साथीको सहयोग प्राप्त हुनेछ। सोचेका काम बन्नेछन्। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ। परिवारले राम्रो रेखदेख गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।
लगानीका क्षेत्रमध्ये विदेशले मन तान्नेछ। शिक्षाको क्षेत्रमा अल्छीपन बढ्ने जोखिम छ। विपक्षी शान्त रहेकाले काम गर्न सहज हुनेछ। परिवारको तर्फबाट रचनात्मक साथ मिल्नेछ।

वृश्चिक : उदयशुक्र आफ्नै राशिमा रहेकाले समाजमा तपाईंको बोलीको प्रभाव पर्नेछ। सानो कुराले मन कमजोर हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : उच्च स्थानमा चन्द्रमा र मंगल ग्रह बसेका छन्। राज्यका अंगबाट तपाईंलाई साथ र सहयोग मिल्नेछ। स्वदेश तथा विदेशमा तपाईंको प्रशंसा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु फाइदाजनक हुनेछ।

मकर : अन्त्य साढेसाती शनिदशा चल्दैछ। अनुत्पादक क्षेत्रमा धन खर्च हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। साथीभाइ र दाजुभाइले राम्रो साथ दिएकाले राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनसक्छ।

कुम्भ : आफ्नै राशिमा शनिदेव पुगेका छन्। साना कुरामा झन्झट र रिस बढ्नसक्छ। बिहानै उठेर शिवको भजन सुनेमा मन शान्त बन्नेछ। शनिदेव सकारात्मक भए तपाईंको दिन राम्रो बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट मनमा उत्साह बढ्नेछ। बौद्धिक कुराको प्रभाव बढ्नेछ।

मीन : खानपानमा समस्या हुनसक्छ। रोगले सताउने जोखिम देखिन्छ। आध्य शनिदेवलाई खुशी पार्न गणेशलाई दूबो चढाएमा दिन शान्त बन्नेछ। परिवारसँग खुशीका साथ दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ५ : ०५ बजे

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता