अमेरिकी युद्धविराम प्रस्ताव इजरायलद्वारा अस्वीकार « Khabarhub

अमेरिकी युद्धविराम प्रस्ताव इजरायलद्वारा अस्वीकार


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

लेबनान – उत्तरी गाजामा रहेको विद्यालयमा राखिएको सेल्टर भएको इजरायली आक्रमणमा कम्तीमा सात जनाको ज्यान गएको छ। अल जजिराले ठुलो विस्फोट र आगो बलिरहेको दृश्य खिचेको जनाएको छ।

२०२३ अक्टोबर ७ देखि सुरु भएको इजरायली आक्रमणमा ४२ हजार ७१८ जना मारिएको तथा एक लाख २८२ जना घाइते भएको जनाएको छ।

प्राध्यापक तथा हिजबुल्लाह विशेषज्ञ अमाल साद गोयरावले अमेरिकी आडमा इजरायलले पछिल्लो ७२ घण्टामा धेरै युद्ध अपराधको घटना गराएको आरोप लगाएको छ।

पछिल्लो समाचार अनुसार अमेरिकी प्रतिनिधित्व गर्दै आमोस हिचेस्टाइनले सोमबारदेखि वार्ता सुरु गरेका छन्। उनले लेबनानमा प्यालेस्टाइनी सभामुख नबिह बेरीसँग सोमबार तथा अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीन्केनसँग मंगलबार भेट गरेका छन्।

होचेसटाइनलले युद्ध रोकिने बाटोसहित वार्ता सुरु गरेको जनाइएको छ। वार्तामा लेबनानको सम्प्रभुताको विषय मुख्य रूपमा उठाइएको छ। धेरै मानव अधिकारवादीको मतमा उत्तरी गाजामा आदीबासीको समाप्तिको विषयमा अहिले भिन्न मत उत्पन्न हुन थालेका छन्।

अहिले गाजमा रहेका ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा रणनीतिक मामला सल्लाहकार रोम डरमसँग भेट गरेका छन्। यस विषयमा एउटा योजनामा छलफल भएको जनाइएको छ।

समाचार श्रोतका अनुसार ब्लिन्केनको सुरुवाती प्रस्तावलाई नेतान्याहुले अस्वीकार गरेका छन्। अर्को समाचारका अनुसार ४ अक्टोबरमा विस्फोट भएको स्थानमा नेता हसिम सादेफाइनको उपस्थिति तथा उनको अवस्थाका बारे हिजबुल्लाहले कुनै प्रतिक्रिया जनाएको छैन।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ९ : ०१ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको