‘राष्ट्रसङ्घ समर्थित सैन्य मिसनको बावजुद हाइटीमा हिंसा तीव्र’ « Khabarhub

‘राष्ट्रसङ्घ समर्थित सैन्य मिसनको बावजुद हाइटीमा हिंसा तीव्र’


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सीसङ्घर्षरत क्यारेबियन देशको प्रहरीलाई समर्थन गर्न बहुराष्ट्रिय सैन्य बल तैनाथ गरिएको भएतापनि हाइटीमा गिरोह हिंसा बढिरहेको संयुक्त राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले बताएका छन् । 

हाइटीका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि मारिया इसाबेल साल्भाडोरले सुरक्षा परिषद्मा भने, ‘हाइटीको सुरक्षा अवस्था अत्यन्त नाजुक छ, हिंसा तीव्र रुपमा फैलिरहेका छन् ।’

मध्य सहर पोर्ट सोन्डेमा भएको गिरोहको आक्रमणमा ११५  जना सर्वसाधारण मारिएको र दर्जनौँ घाइते भएको केही हप्तापछि उनको यस्तो अभिव्यक्ति आएको हो ।  

साल्भाडोरले उक्त भयानक र क्रूर घटनालाई उद्धृत गर्दै राजधानी पोर्ट–आउ–प्रिन्समा भएको अन्य आक्रमणको श्रृङ्खला साथै महिला र युवती विरुद्ध बढ्दो यौन हिंसाबारे पनि उल्लेख गरे।  

‘हाइटीमा मानवीय अवस्था भयावह छ’ उनले भने, ‘देशभर आपराधिक गिरोह गतिविधिले फैलाएको आतङ्क र त्रासले हाइटीवासीले पीडा भोग्नुपरेको छ ।’ 

गर्मीको समयमा तैनाथ हुन थालेको हाइटी प्रहरीलाई सहयोग गर्न संयुक्त राष्ट्र समर्थित बहुराष्ट्रिय सैन्य मिसनको उपस्थितिका बावजुद हिंसा तीव्र भईरहेको छ ।

हाइटी प्रहरीले राजधानीका धेरै जिल्लामा गिरोह विरोधी अभियानहरू सुरु गरेको तर अझै पनि कर्मचारीलगायत अन्य स्रोतको अभावका कारण यी क्षेत्रमा नियन्त्रण कायम राख्न चुनौतीहरूको सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले हालैको एक प्रतिवेदनमा बताएका थिए । 

संयुक्त राष्ट्रसङ्घ विशेषगरी गिरोहको सिकार हुने बालबालिकाहरूका बारेमा चिन्तित छ । 

 

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : २७ बजे

दिनभर स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडा अध्यक्ष नै फिल्डमा

काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले