विवाद नमिल्दा नारायणी अस्पताल भवन निर्माण अलपत्र « Khabarhub

विवाद नमिल्दा नारायणी अस्पताल भवन निर्माण अलपत्र


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पर्सा– पाँचवर्षदेखि नारायणी अस्पतालको भवन निर्माण रोकिएको छ । भवन निर्माणसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुँदा भवन निर्माण अलपत्र भएको हो ।

सङ्घीय सरकारले आर्थिक वर्ष २०७५–७६ मा नारायणी अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरेर निर्माण प्रक्रिया प्रारम्भ गरेको थियो तर सर्वोच्चमा मुद्दा दायर भएपछि काम ठप्प भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रको मुद्दालाई अग्राधिकार दिएर निरुपण हुन सर्वोच्चमा अनुरोध गरिने उनको भनाइ छ । सर्वोच्च अदालतले अस्पतालको मुद्दाको पेसी आगामी माघ २८ गतेका लागि रहेको उनले जानकारी दिए ।

वीरगञ्जस्थित सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सन प्रालि÷नेसनल डेभलपमेन्ट इञ्जिनियरिङबीचको विवाद सर्वोच्च पुगेको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ९ : १२ बजे

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा