आज २०८१ साल पुस ८ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल पुस ८ गते सोमबारको राशिफल


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस ८ गते सोमबार तदनुसार सन् २०२४ डिसेम्बर २३ तारिख । पौष कृष्ण पक्षको अष्टमी तिथि । गोरखकाली पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । साना कुरामा तर्क गर्ने बानीले अप्ठेरो परिस्थितिको सिर्जना हुने भएकाले थोरै बोल्नु फाइदा हुनेछ । तपाईंको कित्तामा भन्दा विपक्षीको कित्तामा बहुमत पुगेकाले बोल्दा सचेत बन्नुपर्ने छ । शिक्षामा जोस र जाँगर बढ्नेछ ।

वृष : दिन राम्रो छ । प्रतिकार गरेर बोल्ने बानीले अप्ठेरो परिस्थितिको सिर्जना हुनसक्छ । शिक्षामा गरेको लगानी सार्थक बन्नेछ । राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुनेछ । लगानी गरेर इज्जत राख्ने दिन छ । परिवारमा भने कर्तव्य पूरा गर्नु उचित हुनेछ ।

मिथुन : साना कुराले मन अशान्त बन्नेछ । धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा हरेक कुरामा संकट झेल्नुपर्ने आवश्यकता देखिन्छ । परिवारको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : तृतीय भावमा चन्द्रमा भएकाले सचेको काम बन्नेछ । प्रतिकार गर्ने बानीले घाटा हुनेछ । दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ । परेवालाई दाना मात्र दिएमा काम बन्नेछ । राज्यको सेवामा भए महत्त्वपूर्ण काम बन्नेछ ।

सिंह : दिन सामान्य छ । साथीभाइले प्रयोग गर्न खोज्ने भएकाले सचेत भएर काम गर्नुपर्नेछ । स्वदेशमा विकल्प देखेर खुशी हुने दिन छ । परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : तपाईंको राशिमा चन्द्रमा आइपुगेकाले सोचेको काम बन्नेछ । साथीभाइ र आफन्तको साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासले हौसला थपिनेछ । स्वास्थ्यले साथ दिएकाले परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

तुला : अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । खर्चबाट बच्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती भए पनि घाटा नहुने भएकाले यो क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । विपक्षी शान्त भएकाले महत्त्वपूर्ण काम बन्ने योग छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

वृश्चिक : आम्दानीका दृष्टिले दिन राम्रो छ । दाजुभाइसँग गरेको सहकार्यले फाइदा हुनेछ । साना कुरामा नअल्झिनु राम्रो हुनेछ । तर्क गर्नाले मन अशान्त हुनेछ । शिक्षाको क्षेत्रमा तपाईंको प्रयास सफल भए पनि खानपानमा ख्याल गर्नुपर्नेछ ।

धनु : दिन राम्रो छ । साथीको साथ र प्रशंसा प्राप्त गर्ने योग छ । थोरै लगानी गरेर सम्पत्ति आर्जन हुनेछ । राज्यको तर्फबाट तपाईंलाई हेर्ने नजर राम्रो छ । स्वास्थ्यले साथ दिएमा परिवारको पनि साथ र सहयोग प्राप्त हुनेछ ।

मकर : तपाईंले कला र गलाको प्रदर्शन गर्ने दिन हो । लगानीका क्षेत्र बलिया भएकाले लगानी गर्ने हिम्मत गर्नुपर्ने समय आएको छ । धार्मिक घुमघामको तय हुनाले मन शान्त बन्नेछ ।

कुम्भ : साना कुराले मनमा झन्झट थप्नेछ । बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ । सञ्चित धन खर्च हुनेछ । प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुने भएकाले दिन सहज बन्नेछ ।

मीन : आज सप्तम भावमा चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ । साथीले सकारात्मक व्यवहार देखाएकाले तपाईंलाई लाभ हुनेछ । शिक्षामा ढिलासुस्ती भए पनि स्वास्थ्यले साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ५ : २५ बजे

रौतहट प्रहरीद्वारा एकै दिनमा १३ जना फरार प्रतिवादी पक्राउ

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो संयन्त्र प्रयोग गरी एकै

जापानमा लागेको डढेलो नियन्त्रण गर्न १७ हजार अग्निनियन्त्रक परिचालित

एजेन्सी – जापानको जंगलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका

भारवहन सीमा कार्यान्वयन गर्न यातायात विभागको ध्यानाकर्षण

काठमाडौं – यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न

प्रदेश र स्थानीय तहलाई दूरसञ्चार रोयल्टी बाँडफाँड गर्न जोड

काठमाडौं– दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र

लडाकु विमानवाहक युद्धपोत बनाउन भारतको सहयोग लिने इण्डोनेशियाको इच्छा

काठमाडौं – नौसैनिक क्षमता वृद्धि गर्न इण्डोनेशियाले आफ्नै पहलमा लडाकु