रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक « Khabarhub

रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले श्रम बैंक कार्यान्वयनमा ल्याएको छ । श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै आन्तरिक रोजगारी प्रवर्द्धनका लागि श्रम बैंक सञ्चालनमा ल्याइएको पालिकाले जनाएको छ ।

श्रम बैङ्कमार्फत कामको खोजीमा रहेका व्यक्तिलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन गाउँपालिकाले सहजीकरण गर्ने गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए।

 यसैगरी गाउँपालिकाभित्र रहेका सबै प्रकारका दक्ष, अर्धदक्ष तथा अदक्ष व्यक्तिहरू र रोजगारदाताको विवरण एकीकृत रूपमा तयार गरी रोजगार विनिमयकार्य गर्ने निर्णय भएको उनले जानकारी दिए ।

“यहाँका युवालाई उद्यमशील, स्वरोजगार र आत्मनिर्भर बनाउन श्रमबजार र मागमा आधारित रोजगारमूलक सीप विकास कार्यक्रम सञ्चालन गरिने छ ।

कामको खोजीमा रहेका व्यक्ति र रोजगारदाता तथा सीप विकास र सीप प्रमाणिकरण गर्न इच्छुक व्यक्तिले ‘क्युआर स्क्यान’ गरी गुगल फर्मको लिंकमा गएर, वडा कार्यालयमार्फत् वा श्रम तथा रोजगार शाखाबाट आवेदन फारम भर्न सक्नेछन्”, अध्यक्ष थापाले भने।

गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले श्रम बैंक सञ्चालनपछि रोजगारी प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने विश्वास गरिएको बताए।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ४८ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक