भोजपुरको चखेवामा सांस्कृतिक तथा पर्यटन कृषि मेला हुने « Khabarhub

भोजपुरको चखेवामा सांस्कृतिक तथा पर्यटन कृषि मेला हुने


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पर्यटकीय क्षेत्र चखेवा डाँडामा आगामी माघ १ गतेदेखि सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना हुने भएको छ ।

गाउँपालिकाले पत्रकार सम्मेलन आयाजना गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा माघ एक गतेदेखि पाँच गतेसम्म टेम्केमैयुङ गाउँपालिका–४ नागीको चखेवामा बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना गरिने जानकारी दिएको हो ।

‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ लाई लक्षित गर्दै मेला आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

सरकारको एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको मुन्दुम पदमार्ग एक भएकाले सो मार्गको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न, स्थानीय कृषिउपजको प्रयोग बढाउन र स्थानीयको आयस्तर वृद्धि गर्न मेला सहयोगी बन्ने उनले विश्वास व्यक्त गरे ।

स्थानीयस्तरका कृषि उत्पादनहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हुने मेलामा कृषि प्रदर्शनीका साथै स्थानीय तथा राष्ट्रियस्तरका कलाकारले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुती दिनुहुने टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णबहादुर राईले बताए ।

बृहत् मेलामा मुन्दुम पदमार्गको प्रवर्द्धन र दिगो विकासका लागि साझा अवधारणापत्र सार्वजनिक गर्नुका साथै उक्त अवधारणापत्रमा हस्ताक्षरसमेत गरिने गाउँपालिकाले जनाएको छ ।

एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ गाउँपालिकाले भ्रमण वर्ष र सांस्कृतिक तथा कृषि मेला आयोजना गरी विभिन्न कार्यक्रमहरू तय गरेको हो ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : ४७ बजे

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र