प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुँदै


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।

आज भैरहवाको सिद्धार्थनगर रङ्गशालामा बिहान ९ बजे लुम्बिनी प्रदेश र त्रिभुवन आर्मी, कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे कोशी र सुदूरपश्चिम प्रदेश तथा मूलपानी क्रिकेट मैदानमा मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अहिलेसम्म प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लब आफ्ना ४ खेलमा सबै खेल जितेर ८ अंकसहित शीर्षस्थानमा रहेको छ ।

त्यस्तै बागमती प्रदेशले आफ्ना ७ खेलबाट ८ अंक हासिल गर्दै दोस्रो र मधेश प्रदेश प्रदेश ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी त्रिभुवन आर्मी क्लब ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा उक्लिएको छ भने सुदूरपश्चिम प्रदेश ४ खेलबाट ६ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै, कर्णाली प्रदेश ६ खेलमा ६ अंकसहित छैटौँ स्थानमा छ भने एपीएफ ५ खेलमा ४ अंकसहित सातौँ स्थानमा झरेको छ ।

त्यसैगरी गण्डकी प्रदेश ५ खेलबाट २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेर नवौँ स्थानमा छ । कोशी प्रदेश भने अहिलेसम्मका ७ वटै खेलमा पराजित हुँदै अंकविहीन छ । 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ३९ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी