प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुँदै


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।

आज भैरहवाको सिद्धार्थनगर रङ्गशालामा बिहान ९ बजे लुम्बिनी प्रदेश र त्रिभुवन आर्मी, कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे कोशी र सुदूरपश्चिम प्रदेश तथा मूलपानी क्रिकेट मैदानमा मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अहिलेसम्म प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लब आफ्ना ४ खेलमा सबै खेल जितेर ८ अंकसहित शीर्षस्थानमा रहेको छ ।

त्यस्तै बागमती प्रदेशले आफ्ना ७ खेलबाट ८ अंक हासिल गर्दै दोस्रो र मधेश प्रदेश प्रदेश ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी त्रिभुवन आर्मी क्लब ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा उक्लिएको छ भने सुदूरपश्चिम प्रदेश ४ खेलबाट ६ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै, कर्णाली प्रदेश ६ खेलमा ६ अंकसहित छैटौँ स्थानमा छ भने एपीएफ ५ खेलमा ४ अंकसहित सातौँ स्थानमा झरेको छ ।

त्यसैगरी गण्डकी प्रदेश ५ खेलबाट २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेर नवौँ स्थानमा छ । कोशी प्रदेश भने अहिलेसम्मका ७ वटै खेलमा पराजित हुँदै अंकविहीन छ । 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ३९ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना