गैर हाजिर रहेका २४ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन « Khabarhub

गैर हाजिर रहेका २४ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय नक्सालले देशका विभिन्न कार्यालयमा विभिन्न पदमा कार्यरत प्रहरीहरूलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न पदमा कार्यरत २४ जना प्रहरी आफूखुशी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा/गराउँदा तथा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको उल्लेख गर्दै हाजिर हुन भनेको हो ।

कार्यालयले सूचना जारी भएको मितिले बाटोको म्याद बाहेक सात दिन भित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचित गरेको छ ।

सूचनाको बेवास्ता गरी सम्पर्कमा नआए प्रहरी नियमावली, २०७१ अनुसार सेवाबाट हटाइने चेतावनी समेत दिइएको छ ।

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ९ : ०५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र