गैर हाजिर रहेका २४ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन « Khabarhub

गैर हाजिर रहेका २४ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय नक्सालले देशका विभिन्न कार्यालयमा विभिन्न पदमा कार्यरत प्रहरीहरूलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न पदमा कार्यरत २४ जना प्रहरी आफूखुशी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा/गराउँदा तथा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको उल्लेख गर्दै हाजिर हुन भनेको हो ।

कार्यालयले सूचना जारी भएको मितिले बाटोको म्याद बाहेक सात दिन भित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचित गरेको छ ।

सूचनाको बेवास्ता गरी सम्पर्कमा नआए प्रहरी नियमावली, २०७१ अनुसार सेवाबाट हटाइने चेतावनी समेत दिइएको छ ।

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ९ : ०५ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई