ट्रम्पले जिते न्यू ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव | Khabarhub Khabarhub

ट्रम्पले जिते न्यू ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव जितेका छन् ।

बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार रिपब्लिकन पार्टीको आन्तरिक दौडमा उनलाई सफलता मिलेको हो ।

ट्रम्पले ११ र उनकी प्रतिद्वन्द्वी निक्की हेलीले ८ प्रतिनिधि पाइन् । प्राइमरीको नतिजा अनुसार न्यु ह्याम्पशायरमा रिपब्लिकन पार्टीका २२ प्रतिनिधि रहेका छन्।

यसअघि जनवरी १५ मा आयोवा प्रान्तमा पार्टीको पहिलो ककसको आयोजना गरिएको थियो । यसमा ट्रम्पले जित हात पारेका थिए । आयोवामा १६०० भन्दा बढी ठाउँमा मतदान भएको थियो, जसमा ट्रम्प विजयी घोषित भएका थिए ।

अब नेभाडा र साउथ क्यारोलिनामा ककस आयोजना हुनेछ । अमेरिकी चुनावमा पार्टीबाट राष्ट्रपतिको उम्मेदवार छान्न ककस र प्राइमरी प्रणाली अपनाइन्छ ।

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १० : १४ बजे

दाउन्ने सडकः एक वर्षमा ६३ पटक बन्द

नवलपरासी – बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल साउन ४ गते आइतबार। साउन

आज २०८२ साल साउन ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ४ गते आइतबार। साउन

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको