राप्रपा नेपालले १ चैत्रमा गर्ने जनप्रदर्शनको तयारी थाल्यो « Khabarhub

राप्रपा नेपालले १ चैत्रमा गर्ने जनप्रदर्शनको तयारी थाल्यो


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १ चैतमा काठमाडौंमा गर्ने वृहत् जनप्रदर्शनको तयारी सुरु गरेको छ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न समिति गठन गर्दै प्रदर्शनको तयारीलाई तीव्रता दिएको हो।

चैत्र १ गतेको जनप्रदर्शनलाई प्रभावकारी बनाउनको निमित्त उपत्यकाको २९ स्थानमा कोणसभा गरिने निर्णय भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। 

आगामी फागुन १८ गते काठमाडौंको १ र ६ नम्बर क्षेत्रबाट कोणसभाको शुभारम्भ हुनेछ। उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुरका धेरै क्षेत्रमा कोणसभा आयोजना हुनेछन्। 

बैठकले राजिव पराजुली, केशवराज श्रेष्ठ र दमन बस्नेत रहेको आर्थिक समिति गठन गरिएको छ। 

यसैगरी पुरु दाहाल, विकास प्रजापति र कुमार गजुरेल रहेको सामाजिक सञ्जाल परिचालन समिति गठन गरिएको छ। राप्रपा नेपालले भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरूलाई कानुनको कठघरामा उभ्याउन, मिटरब्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्न जनआन्दोलनको तयारी गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ६ : ०९ बजे

रूस–युक्रेन द्वन्द्व : बालबालिकामाथिको आक्रमण रोक्न युनिसेफको आह्वान

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले रूस र युक्रेनमा

राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँ : महासचिव पोखरेल

दाङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकास

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या तथा

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरुद्ध

काठमाडौं– सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण र

देवानगञ्ज–कप्तानगञ्ज घटना छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक