नेपालको शिक्षा अन्तर्राष्ट्रिय स्तरको छ : अर्थमन्त्री महत « Khabarhub

नेपालको शिक्षा अन्तर्राष्ट्रिय स्तरको छ : अर्थमन्त्री महत


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको शिक्षा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको प्रतिस्पर्धामा उत्कृष्ट रहेको बताएका छन् ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको आज आयोजित ३८औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई भर्चुअलरुपमा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले नेपालका विद्यार्थीले उच्च शिक्षा अध्ययनका क्रममा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा उत्कृष्ट अङ्क हासिल गर्दै आएको उदाहरण दिँदै नेपालको शिक्षा उत्कृष्ट रहेको बताए।

“विद्यालय तहको अध्ययन पूरा गरेका नेपाली विद्यार्थीले विदेशका विश्वविद्यालयमा छात्रवृत्तिसहित उत्कृष्ट अङ्क ल्याउन सक्ने हुनुमा नेपालको पढाइको गुणस्तर विश्वभरमा प्रतिस्पर्धी मान्न सकिन्छ”, उनले भने, “गुणस्तरीय र प्राविधिक शिक्षा सहुलियत शुल्कमा उपलब्ध भएकाले अध्ययन पश्चात रोजगारको सृजनामा केन्द्रित हुन युवा वर्गलाई आग्रह गर्दछु ।”

आर्थिक समृद्धिका लागि देशमा सम्भावनाको अवसर प्रशस्त भएकाले त्यसको सदुपयोग गर्ने जिम्मेवारी युवाको काँधमा आएको उनले बताए । “युवाले स्वदेशमा केही हुँदैन भनेर निराश हुनुहुँदैन । रोजगारको अवसर र सुनौलो भविष्यको खोजीमा भौतारिनुभन्दा क्षमता र दक्षताको आधारमा यही उद्यमी बन्न सकिन्छ”, उनले भने ।

देशको अर्थतन्त्र क्रमशः सुधारको लयमा फर्कदै आएकाले आगामी दिनमा सरकारको प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारी सृजनामा केन्द्रित हुने अर्थमन्त्री डा महतको भनाइ छ । “मूल्यवृद्धि घट्दो छ । शेयर बजार उकालो लाग्दै छ । विदेशी पर्यटनको आवागमन र राजस्वको वृद्धिले आशा पलाएको छ”, उनले भने। “आगामी वैशाखामा हुन लागेको लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन कोसिस गर्दैछौं । देशको लगानी पनि परिचालन गर्नेछौँ । अवसरका ढोका अब खुला हुँदै जानेछन् ।”

नुवाकोट र रसुवावासीलाई लक्षित गरी ३८ वर्षअघि स्थापना भएको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको भौतिक संरचनाको विकास र गुणस्तरीय शिक्षाका लागि प्राविधियुक्त सिकाइका लागि सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : ३९ बजे

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट