स्वास्थ्य बीमाबारे पर्याप्त जानकारी भएन : सभामुख घिमिरे « Khabarhub

स्वास्थ्य बीमाबारे पर्याप्त जानकारी भएन : सभामुख घिमिरे


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमाबारे राजनीतिक दल, जनप्रतिनिधि र नागारिकमा पर्याप्त जानकारी पुग्न नसकेको बताएका छन् ।

आज राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा संसद् भवन बानेश्वरमा आयोजना गरेको ‘नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका’ विषयक कार्यक्रममा उनले स्वास्थ्य बीमालाई ठीक ढङ्गले परिचालन गर्ने कुरामा जननिर्वाचित प्रतिनिधिलाई नै जानकारी नभएको बताए ।

उनले यसबारे तीनै तहको सरकारका प्रतिनिधिमा पर्याप्त जानकारी आवश्यक रहेको बताए । उनले यसको प्रभावकारी कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने समेत उल्लेख गरे। क्यान्सर जस्तो घातक रोगका विषयमा गम्भीर हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा समितिकी सभापति दिलकुमारी रावल पार्वतीले स्वास्थ्य बीमाअन्तर्गतको कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले क्यान्सर जस्तो रोगका विषयमा विद्यालयतहदेखि नै पाठ्यक्रममा समावेश गरी पठनपाठन गराउन सरकारसँग माग गरे । किशोरीहरुको पाठेघरको क्यान्सरविरुद्धको खोप अभियान चलाउनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा विभिन्न दलका सांसदहरु, क्यान्सर रोगबाट निको भएर आएका प्रतिनिधि तथा चितवन र भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र जनस्वास्थ्यविद्को सहभागिता रहेको सभापति रावलले जानकारी दिए।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १० : ०३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र