स्वास्थ्य बीमाबारे पर्याप्त जानकारी भएन : सभामुख घिमिरे « Khabarhub

स्वास्थ्य बीमाबारे पर्याप्त जानकारी भएन : सभामुख घिमिरे


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमाबारे राजनीतिक दल, जनप्रतिनिधि र नागारिकमा पर्याप्त जानकारी पुग्न नसकेको बताएका छन् ।

आज राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा संसद् भवन बानेश्वरमा आयोजना गरेको ‘नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका’ विषयक कार्यक्रममा उनले स्वास्थ्य बीमालाई ठीक ढङ्गले परिचालन गर्ने कुरामा जननिर्वाचित प्रतिनिधिलाई नै जानकारी नभएको बताए ।

उनले यसबारे तीनै तहको सरकारका प्रतिनिधिमा पर्याप्त जानकारी आवश्यक रहेको बताए । उनले यसको प्रभावकारी कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने समेत उल्लेख गरे। क्यान्सर जस्तो घातक रोगका विषयमा गम्भीर हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा समितिकी सभापति दिलकुमारी रावल पार्वतीले स्वास्थ्य बीमाअन्तर्गतको कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले क्यान्सर जस्तो रोगका विषयमा विद्यालयतहदेखि नै पाठ्यक्रममा समावेश गरी पठनपाठन गराउन सरकारसँग माग गरे । किशोरीहरुको पाठेघरको क्यान्सरविरुद्धको खोप अभियान चलाउनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा विभिन्न दलका सांसदहरु, क्यान्सर रोगबाट निको भएर आएका प्रतिनिधि तथा चितवन र भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र जनस्वास्थ्यविद्को सहभागिता रहेको सभापति रावलले जानकारी दिए।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १० : ०३ बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष