अब बागलुङ-पोखरा विद्युतीय माइक्रोबस, भाडा कति ? | Khabarhub Khabarhub

अब बागलुङ-पोखरा विद्युतीय माइक्रोबस, भाडा कति ?


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ । धौलागिरि गण्डकी यातायात सेवा प्राली बागलुङले आजदेखि इलेक्ट्रिक बस सेवा सञ्चालनमा ल्याएको हो ।

सुरुवाती चरणमा दुई बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष उमेश केसीले बताए । विद्युतीय सवारीसाधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालीले पहिलो पटक बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

रु एक करोड १० लाख लागतमा इलेक्ट्रिक बस सेवा सञ्चालन गरिएको अध्यक्ष केसी बताउँछन् । एउटा गाडीको मूल्य रु ५५ लाख रहेको उनको भनाइ छ । ‘इलेक्ट्रिक’ बस सेवा सञ्चालनमा ल्याइएसँगै वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने उनी  बताउँछन् । यसले यात्रुलाई पनि सहज यात्रा गर्न टेवा पुग्ने अध्यक्ष केसीले बताए ।

उनले भने, ‘प्रविधिको विकाससँगै अहिले विश्वमा धेरै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्, हामीहरूले पहिलो पटक पोखरा–बागलुङ विद्युतीय माइक्रोबस सेवा सञ्चालन गरेका छौँ, सुरुवाती चरणमा दुई बसबाट सेवा सुरु गरिएको छ, एउटा बागलुङबाट छुट्छ र अर्को पोखराबाट छुट्छ, यसले यात्रुलाई सहजता हुने अपेक्षा गरेका छौँ, पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ फाल्दैन त्यसले गर्दा पर्यावरण सफा राख्न मद्दत पुर्‍याउँछ, पेट्रोल र डिजेलमा खर्च हुने पैसासमेत जोगिनेछ, चार्जिङका लागि पनि व्यवस्थापन भइरहेको छ ।’

हाललाई बागलुङदेखि पोखरासम्मका लागि रु चार सय ५० भाडादर निर्धारण गरिएको छ । बस उपल्लाचौरमा रहेको बागलुङ बसपार्कदेखि छुट्नेछ । अध्यक्ष केसीले विद्युतीय बस निर्धारित समयमै छुट्ने र गन्तव्यमा पुग्ने बताए । जिल्लामा अधिकांश सवारीसाधन छुट्ने र गन्तव्यसम्म पुग्ने समयको निश्चित नहुँदा कैयौँ यात्रुले सास्ती भोग्ने गरेको जनाउँदै उनले त्यो अवस्था पनि अन्त्य गर्न सघाउ पुग्ने बताए ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले विद्युतीय बसको सेवा शुभारम्भ गरेका थिए। उनले समयानुकूल हरेक क्षेत्रमा परिवर्तन हुन जरुरी रहेको भन्दै धौलागिरि यातायात सेवा प्रालीले पहिलो पटक यो सेवा विस्तार गरेकामा धन्यवाद दिए । उनले बजार क्षेत्रमा ध्वनि तथा वायु प्रदूषण हुनबाट रोक्न विद्युतीय गाडीले महत्त्वपूर्ण भूमिका खेल्ने बताए

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  २ : ५८ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं