काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मन्त्री बनेका चारै नेतासँग करोडौं रुपैयाँ बराबरको शेयर रहेको पाइएको छ । केही नेताले आफ्नै नाममा र केहीले परिवारका नाममा विभिन्न कम्पनीमा शेयर रहेको जानकारी दिएका हुन् ।
मंगलबार प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरणमा रास्वपा र अन्य दलबाट मन्त्री भएकाको शेयर लगानी उल्लेख छ ।
गृहमन्त्रीको सम्पत्ति : दुई बैंकमा खाता, भक्तपुरमा १ रोपनी जग्गा, श्रीमती निकिता करोडपति
रास्वपाका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवी लामिछानेले श्रीमती निकिता पौडेलका नाममा विभिन्न कम्पनीमा शेयर रहेको सम्पत्ति विवरण फारममा उल्लेख गरेका छन् । लामिछानेले आफ्नो नाममा शेयर रहेकोबारे भने विवरणमा खुलाएका छैनन् ।
लामिछानेकी श्रीमती निकिताको नाममा टेलिभिजनदेखि फिल्महल सम्ममा शेयर छ । गोपीकृष्ण प्रालिको नाममा हरेको १० रोपनी जग्गाको २५ प्रतिशत हिस्सा निकिताको नाममा रहेको लामिछानेले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
पौडेलसँग गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको ८ करोड ७५ लाख रुपैयाँ बराबरको २५ प्रतिशत (८ लाख ७५ हजार कित्ता)शेयर रहेको छ । उक्त सम्पत्ति निकिताको माइतीतर्फ परिवारिक संगोलमा रहेको विवरणमा उल्लेख छ ।
गोपीकृष्ण इन्टरनेशनल नारी टिभी प्रालिमा पौडेलकै नाममा ३ करोड रुपैयाँ बराबरको संस्थापक शेयर छ । उक्त शेयरको स्रोत व्यवसायबाट गरेको आम्दानी भएको गृहमन्त्री रविले उल्लेख गरेका छन् ।
निकिताकै नाममा चाबहिलस्थित गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनीमा पनि १ करोड रुपैयाँ बराबरको संस्थापक शेयर छ । उक्त शेयर विज्ञापन निर्माण, इभेन्ट म्यानेजमेन्ट, फिल्म, डकुमेन्ट्री निर्माणबाट प्राप्त गरेको विवरणमा उल्लेख छ ।
पूर्व शेयर कारोबारी खेलकुद मन्त्रीसँग १ करोड ९ लाखको शेयर
रास्वपाकै नेता एवम् युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ २०७९ साल साउन २२ गतेसम्म शेयरका दैनिक कारोबारी नै थिए । अहिले भने श्रेष्ठले दैनिक कारोबार नगरेको बताएका छन् ।
विराजले कुन कम्पनीमा कति शेयर छ भन्ने विवरण उल्लेख गरेका छैनन् । तर, श्रेष्ठसँग करोड रुपैयाँ भन्दा बढीको शेयर छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत विभिन्न कम्पनीको साधारण र संस्थापक गरी श्रेष्ठसँग १ करोड ९ लाख ८० हजार ५०९ रुपैयाँ बराबरको १५ हजार ९०६ कित्ता शेयर छ । उक्त शेयर स्वःआर्जन र पैतृक रहेको बिराजले सम्पत्ति विवरण फारममा उल्लेख गरेका छन् ।
शेयरको एकिन मूल्य भने उल्लेख गर्ने नसकेको विराले उल्लेख गरेका छन् ।
श्रम मन्त्री अर्याल पनि शेयरले सम्पन्न
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा रास्वपा उपसभापति डोलप्रसाद अर्यालले पनि आफू र परिवारसँग करोडौं रुपैयाँ बराबरको शेयर रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । ती शेयर व्यापारबाट आर्जन गरेको अर्यालको दाबी छ ।
श्रममन्त्री अर्यालको सम्पत्ति : सहकारीमा २ करोड ऋण, १ करोड ४३ लाख शेयर र पैसा
अर्यालको नाममा मेघा बैंकमा १० लाख रुपैयाँ बराबरको १० हजार कित्ता, बिग इन्भेस्टमेन्टको ३५ लाख बराबरको ३५ हजार कित्ता, पिपुल इन्भेस्टमेन्टको ९ लाख रुपैयाँ बराबरको ९ हजार कित्ता र जनसागर सहकारीमा १० लाख रुपैयाँको शेयर रहेको छ । उक्त शेयर अर्यालले व्यापारबाट आर्जन गरेको देखाएका छन् ।
अर्यालकी श्रीमती अम्बिका केसीको सुवर्णभूमि सरहकारीमा एक लाख बराबरको १ हजार कित्ता र संयम सहकारीमा २ लाख रुपैयाँ बराबरको २ हजार कित्ता शेयर रहेको छ । उक्त शेयर व्यापारबाट आर्जन गरेको अर्याले बताएका छन् ।
अर्यालको स्वयम्भु स्टार ब्याङ्क्वेटमा १ करोड १५ लाख, सुमिरे ट्राभल्स एण्ड टुर्स प्रालिमा ५ लाख, इजी लिङग रेमिटमा १ करोड र एपीए ह्याण्डीक्राफ्टसमा ३ लाख रुपैयाँको शेयर हरेको छ । उक्त कम्पनीको शेयर अर्यालले निजी कमाइबाट आर्जन गरेको बताएका छन् ।
शिक्षा मन्त्री पनि शेयरधनी
रास्वपाकी सांसद् तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ पनि विभिन्न चार कम्पनीकी शेयरधनी हुन् । उनले शेयर प्राप्तिको स्रोत पारिश्रमिक र बाबुबाट प्राप्त भनेकी छिन् ।
शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड
सुमनाले प्रतिनिधि सभा सदस्य भएदेखि सबै कम्पनीमा आफू निष्कृय सदस्य भएको पनि उल्लेख गरेकी छिन् ।
अन्य दलका कुन मन्त्रीसँग कति ?
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तर्फका मन्त्रीको पनि शेयरमा लगानी रहेको छ ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले विभिन्न कम्पनीको सबै शेयर आफ्नो श्रीमतीको नाममा देखाएका छन् । महासेठ एमालेबाट प्रतिनिधित्व गर्दै मन्त्री भएका हुन् ।
महासेठकी श्रीमती जुलीकुमारी महत्तोको नाममा गुडविल फाइनान्स र लक्ष्मी बैंकमा ५ लाख रुपैयाँ बराबरको छ । मन्त्री महासेठले उक्त शेयर खरिद स्रोत खुलाएका छैनन् ।
जुलीकै नाममा महिला लघुवित्तको १ करोड बराबर र कर्पोरेट बैंक वीरगञ्जमा २ करोड ५० लाख रुपैयाँ बराबरको शेयर रहेको छ । उक्त दुवै कम्पनीको शेयर ऋण, सापटी र पैतृत तथा कृषिबाट प्राप्त गरेको आम्दानीबाट किनेको जनाएका छन् ।
मन्त्री जोशीकी श्रीमतीसँग ८ लाखको शेयर
नेकपा (एकीकृत समाजवादी) का सांसद् एवम् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नो नाममा शेयर नरहेको जनाएका छन् । उनको पनि श्रीमतीकै नाममा शेयर रहेको सम्पती विवरणमा उल्लेख छ ।
जोशीकी श्रीमती जयलक्ष्मी देवी जोशीको नाममा रंगुनखोला हाइड्रोपावरमा ८ लाख रुपैयाँको शेयर रहेको छ । सो शेयर जग्गा बिक्रीबाट भएको आजर्नले खरिद गरेको जोशीले जनाएका छन् ।
संचारमन्त्री शर्मासँग आइपीओ मात्र
नेकपा (माओवादी केन्द्र)की सांसद् तथा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफूसँग साधारण शेयर (आइपीओ) रहेको जानकारी दिएकी छिन् । उनले कुनैपनि कम्पनीको दोस्रो बजारबाट शेयर नकिनेको बताएकी छिन् ।
रेखा र उनका श्रीमान कृष्णध्वज खड्का तथा छोरीहरू समेतको नाममा विभिन्न कम्पनीको प्राथमिक शेयर (आइपीओ) बोनस दिनु अगाडि १५ सय कित्ता रहेको छ । शर्माले त्यसको मूल्य भने खुलाएकी छैनन् ।
कानूनमन्त्री गिरी पोखराको पार्टी प्यालेसका लगानीकर्ता
नेकपा (एमाले)का सांसद एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेप्सेमा सूचीकृत कम्पनीमा शेयर लगानी छैन । तर उनले पोखराको पार्टी प्यालेसमा भने लगानी गरेका छन् ।
गिरीको नाममा पोखराको न्यू एरा रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसमा ५० लाख रुपैयाँ बराबरको शेयर छ । सो शेयर पैतृक र ऋण काढेर किनेको गिरीले दाबी गरेका छन् ।
शेयरमा सहकारी मन्त्रीभन्दा छोरा धनी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री एवम् एमालेका सांसद् बलराम अधिकारीको छोराको नाममा शेयर रहेको छ ।
मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाममा भिजन इनर्जी संखुवासभाको १५ लाख रुपैयाँ बराबरको १५ हजार कित्ता शेयर रहेको छ । जुन स्वयम् छोराले आर्जन गरेका अधिकारीले सम्पत्ति विवरण फारममा लेखेका छन् ।
उद्योगमन्त्री भण्डारीको परिवारको नाममा शेयर
एमालेबाट दोस्रो पटक उद्योग पाणिज्य तथा आपुर्ति मन्त्री बनेका दामोदर भण्डारीले पनि आफ्नो नाममा शेयर देखाएका छैनन् ।
उद्योगमन्त्री भण्डारीको सम्पत्ति : ६ तोला सुन, १० लाख ऋण
उनको परिवारका सदस्य प्रसिट भण्डारीको नाममा संगम हस्पिटल प्रालिमा ८ लाख रुपैयाँ बराबरको ८ हजार कित्ता शेयर रहेको छ । जुन जग्गा बिक्रीबाट आर्जित रकमले किनेको उनले जनाएका छन् ।
महिलामन्त्री चौधरीको नाममा लाखौँ कित्ता शेयर
एमालेकी सांसद् तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको नाममा लाखौँ कित्ता शेयर रहेको छ ।
महिलामन्त्री चौधरीसँग काठमाडौंमा २ करोडको घडेरी, १ करोड ऋण
मन्त्री चौधरीको नाममा रहेको उक्त शेयर कति मूल्य बराबरको हो, त्यो भने उनले खुलाएकी छैनन् ।
चौधरीसँग फरवार्ड माइक्रोफाइनान्स लघुवित्तमा २ लाख ४२ हजार १०५ कित्ता संस्थापक शेयर रहेको छ । सो शेयर स्वआर्जन रहेको उनले उल्लेख गरेकी छिन्। उनीसँग अन्य कम्पनीहरूमा पनि १ लाख ५० हजार कित्ता शेयर रहेको छ । त्यो पनि स्वआर्जन गरेको चौधरीको दाबी छ ।
वनमन्त्रीको परिवाको नाममा रिसोर्ट
जनता समाजवादी पार्टी (जसपा) सांसद् तथा वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको परिवारको नाममा रिसोर्टको शेयर छ ।
वनमन्त्रीको सम्पत्ति : एउटा बन्दुक र डेढसय तोला सुन
उनको परिवारका सदस्य मंजु साहको नाममा धनुषाको जानकी फन पार्कमा १ करोड ३५ लाख रुपैयाँ बराबरको २५ प्रतिशत शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
काठमाडौंको घर जग्गा बेचेर र सापटी लिएको रकमले उक्त शेयर किनेको मन्त्री सुडीले लेखेका छन् ।
सरकार हाँक्नेको सम्पत्ति स् कसैसँग डेढ करोड नगद, कसैको बैंक खाता नै छैन
प्रधानमन्त्री दाहालले कति सम्पत्ति देखाए ?
काठमाडौंमा छैन नारायणकाजीको घर, चढ्छन् प्रचण्डले दिएको गाडी !
प्रतिक्रिया