विश्वप्रकाश भन्छन् : सहकारीमा ओलीले रवि जोगाउने, गिरीबन्धुमा रविले ओली जोगाउने « Khabarhub

विश्वप्रकाश भन्छन् : सहकारीमा ओलीले रवि जोगाउने, गिरीबन्धुमा रविले ओली जोगाउने


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा प्रमुख प्रतिपक्षलाई बोल्न नदिएको बताएका छन् ।

शुक्रबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले शुक्रबारको बैठकमा बोल्न समय माग गरे पनि समय नदिएको बताएका हुन् ।

उनले सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेकपा एमाले र गिरिबन्धु टि-स्टेट प्रकरणमा  एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाले जोगाउन खोजिएको जिकिर गरे ।

शर्माले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउँदा नाम किटान नगर्ने हो भने त्यसको कुनै अर्थ नरहने जिकिर गरे ।

मिडिया हाउसका सञ्चालकको नागरिकताबारे उठेको विषयमा सहयोग गर्न तयार छु भन्दा भन्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समातेको भन्दै उनले तालुकदार निकायमा दुईवटा राहदानीका कारण आरोपी व्यक्ति (रवि लामिछाने) रहेको उल्लेख गरे  ।

सभामुख देवराज घिमिरेको छेउमा बस्ने (महासचिव पद्मप्रसाद पाण्डेय) का दुईवटा नागरिकताको कुरा आए पनि पक्राउ नगरिएको उनले जिकिर गरे।

उनले आरोपीलाई पक्राउ नै नगरेर पनि मुद्दाको अनुसन्धान गर्न सकिने बताए । गिरिबन्धु टि-स्टेट बिक्री प्रकरणमा पनि छानबिन समिति बनाउन उनले सुझाव दिए ।

शर्माले गृहमन्त्री लामिछानेले संसद्‍मा आरोप लगाएका कांग्रेसका सबै नेता र परिवार लगायतमाथि छानबिन गर्न आफूहरू तयार रहेको पनि बताएका छन्।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  २ : १६ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन