सुरक्षण मुद्रण भ्रष्टाचारमा दोषी ठहर उपसचिव पोखरेलद्वारा ‘आत्महत्या’ | Khabarhub Khabarhub

सुरक्षण मुद्रण भ्रष्टाचारमा दोषी ठहर उपसचिव पोखरेलद्वारा ‘आत्महत्या’


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको दुई दिनपछि नेपाल सरकारका एकजना उपसचिव झुन्डिएको अवस्थामा भेटिएका छन् ।

विशेष अदालतले बुधबार क्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलसँगै भ्रष्टाचारी ठहर गरेका उपसचिव नवीनकुमार पोखरेल भक्तपुरको लोकन्थलीस्थित घरैमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

प्रहरी बृत्त ठिमीका डीएसपी प्रेमसागर केसीले खबरहबसँग कुरा गर्दै हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत उपसचिव पोखरेल झुन्डिएको अवस्थामा बिहीबार बिहान ९ बजे घरमै भेटिएको पुष्टि गरे ।

‘वन तथा वातावरण मन्त्रालयमा उपसचिव नवीनकुमार पोखरेल लोकन्थलीको महोनराफाँटस्थित घरमै झुन्डिएको अवस्थामा भेटिनु भएको छ’, उनले भने, ‘पोस्टमार्टम भइसकेको छ । घटनास्थलको जाँच प्रकृति मुच्ल्का गर्दा उहाँले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष आएको छ ।’

सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी प्रकरणमा दोषी ठहर भएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पोखरेललाई मंगलबार विशेष अदालतले भ्रष्टाचारी ठहरसहित ६ महिना जेल सजाय सुनाएको थियो ।

विशेष अदालतले ६ महिना कैदसँगै उनीबाट ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र त्यस बराबरको बिगो असुलउपर गर्नुपर्ने फैसला सुनाएको थियो ।

यस प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पनि भ्रष्टाचारी ठहर गर्दै विशेष अदालतले २ वर्ष कैद र २५ करोड ४७ लाख विगो असुल गर्नुपर्ने फैसला सुनाएको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेल र पोखरेलसहित दोषी ठहर गर्दै बिगो बराबर जरिवाना हुने फैसला गरेकाे थियो ।

कहाँ कार्यरत थिए ?
पछिल्लो पटक उनी वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए ।

सुरक्षा मुद्रण प्रकरणमा भ्रष्टाचार मुद्दा चलेसँगै उनी स्वत: निलम्बन भएर सामान्य प्रशासनको जगेडामा राखिएका थिए ।

‘वन तथा वातावरण मन्त्रालयमा कार्यरत हुँदा हुँदै उहाँविरुद्ध भ्रष्टाचार मुद्दा चलेको हो । त्यसपछि स्वत: निलम्बन भएर उहाँ सामान्य प्रशासनको अतिरिक्त समूहमा राखिनु भएको थियो । उहाँको स्थानमा अर्का उसचिव आइसक्नु भएको थियो’, मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले भने, ‘विशेष अदालतले फैसला सुनाएको थाहा पाएका थियौँ । हिजै मात्रै उहाँबारे दु:खद् खबर सुनेका छौँ ।’

ढुंगानाले पोखरेल अर्कै मन्त्रालयमा हुँदा उक्त भ्रष्टाचार मुद्दा चलेको पनि जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ४ : १९ बजे

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

नानिङ – भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त

टरुवा ताल संरक्षणमा जुटे स्थानीय

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन

नेपालसामु बंगलादेशसँग दशकअघिको हारको बदला लिने अवसर

काठमाडौं – आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल

नर्वेले युक्रेनलाई दश करोड ३० लाख डलर सहयोग गर्ने

ओस्लो – नर्वेले युक्रेनलाई उसको ऊर्जा पूर्वाधार मर्मत र अर्को