अधिवक्ता झाको दाबी : एकै नम्बरका दुई नागरिकता दिनु राज्यको गल्ती, सिरोहिया छुट्नु हुन्छ « Khabarhub

अधिवक्ता झाको दाबी : एकै नम्बरका दुई नागरिकता दिनु राज्यको गल्ती, सिरोहिया छुट्नु हुन्छ


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- अधिवक्ता दीपेन्द्र झाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध लगाइएको नागरिकतासम्बन्धी मुद्दामा कुनै दम नभएको बताएका छन् ।

शुक्रबार जिल्ला अदालत धनुषाका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासमा सिरोहियाको मुद्दामा बहस गरेर बाहिरिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्तासमेत रहेका झाले सरकारले सिरोहियाविरुद्ध दुराशयपूर्ण रुपमा मुद्दा चलाएको पनि बताए ।

‘सिरोहियाविरुद्ध दुरासयपूर्ण रुपमा मुद्दा चलाएको छ, यो मुद्दा टिक्दैन । उहाँ छुट्नु हुन्छ’, उनले खबरहबसँग अदालत परिसरमा कुरा गर्दै भने ।

उनले सिरोहियासँग दुईवटा नागरिकता हुनु राज्य र त्यसका निकायको गल्ती भएको पनि बताए ।

‘एकै नम्बरका दुईवटा नागरिकता दिनु राज्यको गल्ती हो’, उनले भने, ‘उहाँको नाममा पहिले नै जारी भएको नागरिकताको नम्बर राखेर अर्कालाई पनि नागरिकता दिइएको छ । यो उहाँको होइन, राज्यको गल्ती हो ।’

उनले सिरोहियाको नागरिकता नम्बरमा २०८० पुस २० गते अर्को व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता दिएको दाबी पनि गरेका छन् ।

अदालतमा उनीसहित सिरोहियाको पक्षमा ७ भन्दा बढी वकिलले बहस गरे । सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता झा, वरिष्ठ अधिवक्ताहरू सीताराम भट्टराई, शेरबहादुर केसी, रमन श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णसहितले बहस गरे ।

अब न्यायाधीश ज्ञवालीको इजालसले म्याद थपेर अनुसन्धान गर्न दिने या बाहिरै राखेर प्रक्रिया अघि बढाउनेबारे आदेश दिने छन् ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ५ : ३९ बजे

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

नागोया– आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको

जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा– सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको