लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा « Khabarhub

लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – माता मायादेवी माइतीघर देवदह जाँदा बाटोमा पर्ने लुम्बिनीमा सिद्धार्थलाई जन्म दिएको र शिशु सिद्धार्थलाई त्यहीबाट गृहनगर तिलौराकोट दरबारमा फर्काइएको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्धमूर्तिको आज शोभायात्रा गरिएको छ ।

लुम्बिनीमा जन्मिएका बोधिसत्व (बुद्ध) सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको स्मरण स्वरुप आज लुम्बिनीबाट शिशु बुद्धलाई शोभा यात्रासहित प्राचीन कपिलवस्तुको तिलौराकोट दरबार पु¥याइएको हो । सिद्वार्थ गौतमलाई बुद्ध जन्मिएको दिन पूर्णिमाको दोस्रो दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको स्मरण गर्दै आज बोधिसत्व सिद्धार्थ शिशु बुद्धलाई तिलौराकोट दरबारतर्फ लगिएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेलाई शिशु बुद्ध (बोधिसत्व सिद्वार्थ) को मूर्ति हस्तान्तरण गरि प्राचीन तिलौराकोट दरबार पठाइएको थियो । राजा शुद्वोधन र मायादेवीको स्वरूप बनाएर बग्गीमा चढाएर शिशु बुद्ध तिलौराकोट पठाइएको कोषका सदस्य सचिव शाक्यले बताए ।

राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित सेना पठाएको बौद्ध धर्मग्रन्थमा उल्लेख छ । कोषले २५६७ औँ बुद्धजयन्तीको अवसरमा बाजागाजासहित शोभा यात्रा निकालेको थियो । राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्किंदाको दुई हजार ६ सय वर्षअघिका क्षणलाई स्मरण गराउने कोसिस गरिएको सदस्य सचिव शाक्यले बताए ।

बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत जाने इच्छा गरेपछि देवदह जानेक्रममा लुम्बिनीस्थित बगैंचामा आराम गर्न डोेलीबाट ओर्लिएपछि उनलाई व्यथाले च्यापेको थियो । बगैचामा उनले राजकुमार सिद्धार्थलाई जन्म दिएकी थिइन् ।

त्यसपछि तिलौराकोट, कपिलवस्तु र देवदहलाई सिँगारेर चिटिक्क पारिएको थियो । सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित रथमा बसेर कपिलवस्तु फर्किएका थिए । बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा बुद्ध जयन्ती मूल समारोह आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  १० : २७ बजे

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट