लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा | Khabarhub Khabarhub

लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – माता मायादेवी माइतीघर देवदह जाँदा बाटोमा पर्ने लुम्बिनीमा सिद्धार्थलाई जन्म दिएको र शिशु सिद्धार्थलाई त्यहीबाट गृहनगर तिलौराकोट दरबारमा फर्काइएको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्धमूर्तिको आज शोभायात्रा गरिएको छ ।

लुम्बिनीमा जन्मिएका बोधिसत्व (बुद्ध) सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको स्मरण स्वरुप आज लुम्बिनीबाट शिशु बुद्धलाई शोभा यात्रासहित प्राचीन कपिलवस्तुको तिलौराकोट दरबार पु¥याइएको हो । सिद्वार्थ गौतमलाई बुद्ध जन्मिएको दिन पूर्णिमाको दोस्रो दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको स्मरण गर्दै आज बोधिसत्व सिद्धार्थ शिशु बुद्धलाई तिलौराकोट दरबारतर्फ लगिएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेलाई शिशु बुद्ध (बोधिसत्व सिद्वार्थ) को मूर्ति हस्तान्तरण गरि प्राचीन तिलौराकोट दरबार पठाइएको थियो । राजा शुद्वोधन र मायादेवीको स्वरूप बनाएर बग्गीमा चढाएर शिशु बुद्ध तिलौराकोट पठाइएको कोषका सदस्य सचिव शाक्यले बताए ।

राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित सेना पठाएको बौद्ध धर्मग्रन्थमा उल्लेख छ । कोषले २५६७ औँ बुद्धजयन्तीको अवसरमा बाजागाजासहित शोभा यात्रा निकालेको थियो । राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्किंदाको दुई हजार ६ सय वर्षअघिका क्षणलाई स्मरण गराउने कोसिस गरिएको सदस्य सचिव शाक्यले बताए ।

बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत जाने इच्छा गरेपछि देवदह जानेक्रममा लुम्बिनीस्थित बगैंचामा आराम गर्न डोेलीबाट ओर्लिएपछि उनलाई व्यथाले च्यापेको थियो । बगैचामा उनले राजकुमार सिद्धार्थलाई जन्म दिएकी थिइन् ।

त्यसपछि तिलौराकोट, कपिलवस्तु र देवदहलाई सिँगारेर चिटिक्क पारिएको थियो । सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित रथमा बसेर कपिलवस्तु फर्किएका थिए । बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा बुद्ध जयन्ती मूल समारोह आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  १० : २७ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा