क्रिकेटमा भारत र अस्ट्रेलियाको प्रतिस्पर्धा सधै रोचक हुन्छ। टी-२० विश्वकप क्रिकेटको ‘सुपर-८’को समूह -१ मा यिनै दुई देशको रोचक प्रतिस्पर्धा हुँदैछ। जारी विश्वकपको समूह-१ को यो सबै भन्दा महत्त्वपूर्ण खेल हो। यसलाई नै धेरै क्रिकेटप्रेमीले फाइनल सम्झिएर हेर्नेछन्।
यो प्रतिस्पर्धाको परिणामसँगै विभिन्न किसिमको सम्भावना देखिएका छन्। यो सम्भावना भनेको अफगानिस्तान समूहमा पहिलो हुने पनि हो। यसका लागि अस्ट्रेलिया र अफगानिस्तानको जितको आवश्यकता हो । यसो भएमा ३ टोलीको समान ४ अङ्क हुन्छ। भारत, अस्ट्रेलिया र अफगानिस्तान बिचमा रन रेटको आधारमा एउटा टोली बाहिरिने छ।
अफगानिस्तानले बङ्गलादेशलाई ३६ रनले पराजित गरेमा अस्ट्रेलियालाई रन रेटमा पछि पार्नेछ। यदि अस्ट्रेलियाले पछि ब्याटिङ गरेर अन्तिम बलमा खेल आफ्नो पक्षमा पारेमा अफगानिस्तानका लागि अस्ट्रेलियालाई पछि पार्न बङ्गलादेशलाई १५ दशमलव ४ ओभरमै हराउन पर्ने हुन्छ (यो १६० स्कोरको अनुमानमा हो)।
अहिले भारतको नेट रन रेट २ दशमलव ४२५ छ। यदि भारत बाहिरिने हो भने अस्ट्रेलिया र अफगानिस्तान दुवैले एकदमै फराकिलो अन्तरले खेल जित्नु आवश्यक हुन्छ।
अस्ट्रेलियाले भारतलाई ४१ रनले हराउनुका साथै बङ्गलादेशले कम्तीमा ८३ रनको हारको सामना गरेमा भारत बाहिरिन सक्नेछ।
समूहको अन्तिम खेलमा भारत र बङ्गलादेशले जितेमा तीन टोलीकै २ अङ्क हुनेछ। यस समयमा पनि नेट रन रेटमा आधारमा बङ्गलादेश, अफगानिस्तान र अस्ट्रेलिया मध्ये एउटा टोली अघि बढ्ने छन्। शून्य दशमलव २२३ रन रेट भएको अस्ट्रेलिया अहिले सबै भन्दा राम्रो अवस्थामा छ। यदि अफगानिस्तान १ रनले पराजित भएमा अस्ट्रेलिया अफगानिस्तान भन्दा तल रहनका लागि ३१ रनले हार्नु आवश्यक छ।
बङ्गलादेश अर्को चरणमा जाने सम्भावना पनि कायम छ। अफगानिस्तानलाई रन रेटमा पछि पार्नका लागि बङ्गलादेशका लागि ३१ रन अन्तरको विजय आवश्यक छ। तर यो नै पर्याप्त भने होइन समूहमा दोस्रो हुनका लागि अन्तिम खेलमा अस्ट्रेलिया ५५ रनले पराजित हुन आवश्यक छ।
अस्ट्रेलिया र बङ्गलादेश विजयी भएमा स्वतः भारत र अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गर्ने छन्। यदि अफगानिस्तान र भारत विजयी भएमा यी दुवै टोली सेमिफाइनल प्रवेश गर्ने छन्।
विश्वकपमा ५ खेलमा ५ मै जीत हात पारेको अस्ट्रेलियाका नेपाली समय अनुसार आइतबार बिहानको हारको असर साँच्चै धेरै हुनेछ। अन्तिम खेलमा भारतलाई हराउँदा पनि पहिलो चरणबाट बाहिरिने सम्भावनामा पुग्नु अस्ट्रेलियाका लागि साँच्चै ठुलो धक्का हुनेछ।
डारेन सामी क्रिकेट रङ्गशालामा अस्ट्रेलिया दोस्रो पटक खेल्दै छ। यसअघि स्कटल्यान्डलाई त्यो मैदानमा भेट्दा पहिलो चरण पार भइसकेको थियो। पहिलो पटक तीन तहमा भएको विश्वकपको संरचनामा अस्ट्रेलिया साँच्चै अप्ठेरोमा परेको छ।
भारतका लागि अन्य कुनै पनि देशलाई हराउनुको भन्दा अस्ट्रेलियालाई हराउनुको मज्जा नै बेग्लै हुनेछ। एक दिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको फाइनल दुवैमा गत वर्ष अस्ट्रेलियाले फाइनलमा भारतलाई नै हराएको हो।
नोभेम्बर १९ को दिन भारतलाई अझै याद छ। प्रतियोगिताको सुरुवातदेखि शानदार प्रदर्शन गरेको भारत त्यो एउटै हारले बाहिरिएको थियो। भारतका बलिङ प्रशिक्षक पारस माम्ब्रे भन्छन्, ‘धेरै खेलाडीले त्यस दिनमा पनि खेलेका थिए। आईपिएलमा यी खेलाडीहरू एक आपसमा खेली सकेका छन्। यस कारण सबै खेल बुझेकाको खेल हुनेछ।’
उनी बनाइएका योजनाको कार्यान्वयन गर्न सकेमा हरेक खेल जित्ने बताउँदै यस पटक पूर्ण कार्यान्वयनका पक्षमा रहेको बताउँछन्।
अस्ट्रेलिया एक स्थानबाट अर्को स्थानमा गएर खेल्ने क्रममा धेरै ठाउँको यात्रा गरिसकेको छ। शनिबार रातिको समयपछि उनीहरूले करिब ३४ घण्टा अर्को खेलका लागि समय पाएका छन्। अस्ट्रेलियाका एन्ड्रयु म्याक डोनाल्ड एक पटक तालिका बाहिरिएपछि यसमा सबै सचेत र सावधान रहन आवश्यक रहेको बताउँछन्। यसका लागि तयार हुनुको विकल्प नै नभएको उनको मत छ। धेरै टोलीले यस समस्याको सामना गरेको उनी बताउँछन्।
त्यसो त सबै टोलीलाई यो समस्या हो। ५ दिनको अन्तरमा तीन खेल। त्यो तीन कम्तीमा दुई वटा मैदानमा खेल्नुपर्ने हुन्छ। अस्ट्रेलिया र भारतको खेल सुरु हुनु भन्दा ६ घण्टा अघि सेन्ट भिन्सेन्ट खेल मैदानमा अफगानिस्तान र बङ्गलादेशको खेल भइसकेको हुन्छ। त्यो खेलको आधारमा खेल नीति तयार गर्न अवसर भने अस्ट्रेलियाले पाएको छ।
एक खेलको हारले नै प्रतियोगिताबाट बाहिरिने सम्भावना भएको देश दक्षिण अफ्रिका पनि हो। सन् २०१६ यता अस्ट्रेलिया र भारतको बिचमा टी-२० विश्वकप क्रिकेटमा भेट भएको थिएन।
सेन्ट लुसियामा हुने खेलमा वर्षाको सम्भावना पनि त्यत्तिकै छ। त्यसो भएमा यसले अस्ट्रेलियालाई अझ ठुलो धक्का दिने छ।
यस खेलको अर्को विशेषता भनेको सान मार्सलाई लयमा फर्कने अवसर पनि हो। पहिलो ६ पारीमा ८८ रन प्रहार गरेका उनका लागि अहिलेसम्मकै लागि दुःखद भएको छ। सेन्ट लुसिया सबै भन्दा धेरै गतिमा रन बनी रहेको रङ्गशाला हो।
भारतका लागि छाइरहेका बलर आर्शदीप सिंहका लागि पनि त्यो खेल एउटा परीक्षाको विषय बनेको छ। उनले प्रत्येक १० बलको अन्तरमा एकका दरले १२ विकेट लिइसकेका छन्। उनको इकोनोमी ७ को आसपासमा छ। बल स्वीङ भइरहेको समयमा अत्यन्त प्रभावकारी देखिने उनमा अन्य समयमा लेन्थको समस्या देखिएको छ। अफगानिस्तानसँगको खेलमा अस्ट्रेलियाले आस्थन अगारको नयाँ स्पिनरलाई प्रयोग गरेको थियो। यसका लागि मिचेल स्टार्कलाई बाहिर राखिएको थियो। यो अवस्थालाई अझ कायम राख्न सक्नेछ।
सेन्ट लुसियामा ८ दशमलव ९२ को स्कोरिङ रेट छ। बलरको इकोनोमी ९ दशमलव ४२ छ। स्पिनरको इकोनोमी राम्रो छ। ७ दशमलव ९१ को इकोनोमी स्पिनरका लागि डालास र एन्टी गआको भन्दा अझ राम्रो मानिन्छ।
भारत अस्ट्रेलिया बिच टी-२० विश्वमा अहिलेसम्म भारत ३-२ ले अघि छ। अन्तिम भेट २०१६ मा भएको थियो। अस्ट्रेलियाले टोलीमा अगरलाई राखे या नराखे पनि विराट र रोहितको विरुद्धमा स्पिन बलिङबाट नै पारीको सुरुवात गर्ने सम्भावना प्रबल भएको जनाइएको छ।
स्रोतः क्रिकबज, क्रिकइन्फो
प्रतिक्रिया