हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहन्छ : नेतन्याहु « Khabarhub

हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहन्छ : नेतन्याहु


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी गाजाको रफाहमा जारी आक्रमणको बारेमा बयान दिएका छन् ।

नेतान्याहुका अनुसार रफाहमा भयंकर लडाई अन्तिम चरणमा रहेको र लगभग समाप्त हुन लागेको बताए । तर, यसको मतलब युद्ध समाप्त नभएको उनले बताएका हुन् । नेतान्याहुले हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहने बताएका छन् ।

हिजबुल्लाहबाट बढ्दो आक्रमणको बीचमा, नेतान्याहुले छिट्टै इजरायली सेना लेबनानी सीमामा पठाउने बताएका छन् ।

नेतन्याहुले हमासको स्थानमा वेस्ट बैंकमा रहेको प्यालेस्टिनी प्राधिकरणलाई गाजामा प्रशासन सञ्चालन गर्न दिने विचारलाई फेरि अस्वीकार गरेका छन् ।

इजरायली सेनाबाट आक्रमण बढेको र हमासको स्वास्थ्य मन्त्रालयको आपतकालीन सेवाका निर्देशक पनि इजरायली हवाई हमलामा मारिएको रफाहका जनताले बताएका छन् ।

आक्रमणबाट राहत सामग्री वितरण केन्द्रमा समेत क्षति पुगेको छ । इजरायली सेनाका अनुसार हमासले यसलाई प्रयोग गरिरहेको थियो ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १२ : ५० बजे

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको