अस्ट्रेलियालाई भारतले दियो २०६ रनको चुनौती « Khabarhub

टी–२० विश्वकप

अस्ट्रेलियालाई भारतले दियो २०६ रनको चुनौती


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको खेलमा भारतले अस्ट्रेलियालाई २०६ रनको चुनौती दिएको छ ।

सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनायो । जारी विश्वकपमा भारतले पहिलो पटक दुई सय रनको आँकडा पार गरेको हो ।

उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ९२ रन बनाए । ४१ बलको सामना गरेका शर्माले ७ चौका र ८ छक्का प्रहार गरे । शर्मालाई अस्ट्रेलियाका मिचेल स्टार्कले आउट गरेका थिए ।

त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ पंत १५ रन बनाएर आउट भए। १४ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे। उनलाई अस्ट्रेलियाका मार्कस स्टोइनिसले ट्राभिस हेडको हातबाट क्याच गराए ।

भारतका लागि शुर्यकुमार यादवले ३१, शिव्म दुवेले २८ रन बनाउँदा हार्दिक पाण्ड्याले नट आउट २७ रनको योगदान दिए ।

यस्तै ओपनिङ गर्न आएका विराट कोहली पाँच बलको सामना गर्दै शुन्य रनमा आउट भए । उनलाई अस्ट्रेलियाका जोश हेजलवुडले ट्राभिस हेडको हातबाट क्याच गराए ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिस र मिचेल स्टार्कले समना दुईदुई विकेट लिए । त्यस्तै जोश हेजलवुडको नाममा एक विकेट रह्यो ।

यसअघि भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो ।

सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १० : १० बजे

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं– आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने

चालु आवको दुई महिनामा वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढ्यो, घाटा ३ खर्ब २४ अर्ब ९३ करोड नाघ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिनामा नेपालको