गृहमन्त्री लेखक विमान दुर्घटनास्थलमा, उद्धार कार्य जारी « Khabarhub

गृहमन्त्री लेखक विमान दुर्घटनास्थलमा, उद्धार कार्य जारी


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । यसैबीच दुर्घटनाको सूचना आउनासाथ गृहमन्त्री रमेश लेखक दुर्घटनास्थल पुगेका छन् । गृहमन्त्री लेखकसंगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि घटनास्थलमा पुगेका छन् ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ । त्रिभुवन विमानस्थलका अनुसार विमानमा चालक दलका सदस्यसहित १९ यात्रु रहेका थिए ।

दुर्घटनास्थलबाट पाइलटको उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पताल लागिएको छ ।

त्यस्तै अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले उद्धारको काम गरिरहेको छ । 

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : ३२ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका