अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रवासीका नाममा सम्बोधन गर्ने « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रवासीका नाममा सम्बोधन गर्ने


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।  सो सम्बोधनमा आफू नोभेम्बरमा हुने चुनावबाट किन पछि हटेको भन्ने बारे व्याख्या गर्ने बताइएको छ । 

उपराष्ट्रपति कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच बाइडेनको राष्ट्रपतीय उम्मेद्वारबाट फिर्ता हुने निर्णयका विषयमा जारी सवाल जवाफबीच बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले राजीनामा दिने ऐतिहासिक निर्णय गरे पनि आफ्नो कार्यकाल अझै पूरा नभएको र आफू बाँकी काम गर्न सक्षम रहेको धारण राख्नेछन्। 

स्थानीय समयअनुसार बिहीबार राति ८ः०० बजे प्राइमटाइम टेलिभिजनमा प्रसारण हुने सम्बोधनमा ८१ वर्षीय डेमोक्र्याट नेताले ‘भविष्यमा के हुन्छ र अमेरिकी जनताका लागि आफूले कसरी काम पूरा गर्नेछन् भन्ने विषयमा आफ्ना धारणा राख्ने बताएका छन् । 

आठदेखि १० मिनेटसम्म चल्ने यो भाषण ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शन र उम्मेदवारी त्याग्न गरिएको हप्तौंको दबाबपछि आइतबार दौडबाट अलग्गिएको घोषणापछिको पहिलो सम्बोधन हुनेछ ।

कोभिड सङ्क्रमणपछि डेलावेयर तटस्थित आफ्नो घरमा एकान्त (आइसोलेसनमा) रहेको बेला उनले अमेरिकीहरूलाई आफ्नो आश्चर्यजनक निर्णयबारे थप जानकारी दिने वाचा गरेका थिए । 

जुलाई १३ मा ट्रम्पविरुद्ध हत्याको प्रयास पछि ओभल अफिसबाट भएको उनको पछिल्लो सम्बोधनको एक हप्ताभन्दा बढी समयपछि यो सम्बोधन हुन लागेको हो । 

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : ०५ बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा