समाचार

आजका समाचार : पक्रेर देखाउन सरकारलाई रविको चुनौती, दुर्गालाई छाडेन सर्वोच्चले, लेबनानमा इजरायलको भयंकर आक्रमण

By खबरहब

September 24, 2024

युवाबिना मुलुकले रुपान्तरण गर्न सक्दैन: प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि सारिएको स्पष्ट पारे ।

‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उनले नेपालबाट विदेश गएका विद्यार्थी र युवाहरूको मात्रै सङ्ख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गर्दै फर्कनेहरूको क्रम पनि बढेको बताए ।

‘गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय धाइरहेको छु’

रविले भने- सहकारी ठगीबाट ‘क्लिन चिट’ पाइसकेँ, मुद्दा लगाउन सरकार चलखेल गर्दैछ

परराष्ट्रमन्त्री डा.राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता

अमेरिकाको क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने

‘नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छ’

श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत

परराष्ट्रमन्त्री राणाबाट विपिन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकासका सचिवबीच कार्यसम्पादन सम्झौता

खुमलटारमा रवीन्द्र मिश्र, प्रचण्डलाई भने : राजतन्त्र नफर्काए देश विस्फोटतिर जाँदैछ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच सोमबार एउटा अन्तरक्रिया कार्यक्रममा जम्काभेट भयो ।

होटल मल्लमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपालको वर्तमान संविधानलाई मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संविधान भएको टिप्पणी गरिदिए ।

संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च ९आईएसएसआर०को संयुक्त आयोजनामा आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’ विषयक अन्तक्रिया कार्यक्रममा उनले राजसंस्था फर्काउनुको विकल्प नरहेको तर्क गरे ।

दुई ध्रवतिर फर्किएको राजनीतिक विचारधारा बोकेका यी दुईजना नेताबीच राजतन्त्र र गणतन्त्रलाई लिएर घोचपेच चल्यो । प्रचण्ड सशस्त्र संघर्षमा रहेका बेला चर्चित अन्तर्वार्ता गर्न भ्याएका मिश्र बीबीसीको जागिर छाडेर राजनीतिमा होमिएका हुन् । अहिले उनी राजतन्त्रको पक्षमा चर्को वकालत गर्दै हिँडेका छन् ।

कार्यालय समयमा टीएमएस नचलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा

त्रिशूली–३ ‘बी’ सबस्टेशनको काम चाँडो सक्न ऊर्जामन्त्रीको निर्देशन

कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने

फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन

खोटाङमा चल्ने सार्वजनिक यातायातमा टिकट अनिवार्य

प्रसाईंलाई सर्वोच्चले छोड्न मानेन, सरकारी वकिलकहाँ दुई घण्टा बयान सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ ।

प्रसाईंको गिरफ्तारीविरुद्ध उनका छोरा निरजले हालेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रसाईंको गिरफ्तारीविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै थुनामुक्तको आदेश दिन इन्कार गरेको हो ।

सर्वोच्चले उक्त रिटमा सरकारको नाममा कारण देखाऊ आदेश भने जारी गरेको छ । प्रसाईंलाई आइतबार दिउँसो उनकै निवास भक्तपुरको ठिमीबाट प्रहरीले पक्राउ गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

झापामा भारतीय ट्रकमा आगजनी, प्रसाईंका दुई कार्यकर्ता समातिए

दुर्गा प्रसाईं अस्पतालबाट डिस्चार्ज

बैतडीमा १४ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा सन्तान

थुनुवा भाग्नुमा प्रहरीको चरम लापरबाही, छानविन गर्न समिति गठन

कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी

अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक

उपत्यकामा फैलिँदो डेंगु, बिरामीले भरिँदै शुक्रराज अस्पताल

इजरायली आक्रमणमा लेबनानमा ५५८ जनाको मृत्यु लेबनानमा इजरायलले सोमबारदेखि गरेको आक्रमणमा अहिलेसम्म ५५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले मृत्यु हुनेमा ५० बालबालिका र ९४ महिला समेत रहेका छन् । इजरायली हवाई हमलाका कारण लेबनानमा अहिलेसम्म १८ सय ३५ जना घाइते भएका छन् ।

इजरायलले लेबनानमा रहेका हिजबुल्लाहका केन्द्रहरुमा भीषण आक्रमण शुरु गरेको छ । आक्रमणपछि दक्षिणी लेबनानमा हजारौं मानिस विस्थापित भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अहिलेसम्म हवाई हमलामा विस्थापित भएका १६ हजार ५०० जनालाई १५० विद्यालयमा राखिएको बताइएको छ ।

पोपद्वारा सुकीलाई शरण दिने प्रस्ताव

श्रीलंकाको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार

लेबनानको हिजबुल्लाहमा भएको इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

ट्रम्पको हत्या गरे एकलाख ५० हजार डलर पुरस्कार दिन चाहन्थे राउथ