नख्खु खोलाको पानी वितरण गरिने « Khabarhub

नख्खु खोलाको पानी वितरण गरिने


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असोज १२ गतेको अविरल वर्षासँगैको बाढीका कारण मुहानसहित पाइप लाइन बगाएर बन्द भएको ललितपुरको नख्खु खोलाको पानी आज सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले नख्खु खोलामा बाढीले बगाएका पाइपलाइन मर्मतसहित बगाएका पाइप नयाँ जडान गरी पानी ल्याउनका लागि निर्देशन दिएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक लगायतको टोलीले आज बिहान ४ बजे पानी ल्याउन सफल भएको केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले बताए।

आज बिहान किर्तिपुरस्थित सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएको उक्त पानी बाढी पसेका कारण फोहर भएकाले त्यहाँका खानेपानीका टयाङ्की सफा गरी पानी प्रशोधन गरेर वितरण गर्न मन्त्री यादवले निर्देशन दिएको प्रमुख कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

अहिले सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा दैनिक ६५ लाख लिटर पानी आइरहेको र उक्त पानी बल्खु, कुमारी क्लब, टेकु, सबल बहाल लगायतका क्षेत्रमा वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक एवं प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए। 

बाढीले ललितपुरको नख्खु खोलामा बगाएको ४०० एमएमको करिब २५० मिटर नयाँ पाइप जडान गरि आज बिहान सुन्दरीघाट पानी प्रशोधन केन्द्रमा पानी ल्याइएको केयुकेएलले जनाएको छ ।

मुलुकका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले ५२५ खानेपानी आयोजनामा क्षति पुर्यायको खानेपानी मन्त्रालयले जनाएको छ । बाढीले क्षति गरेका खानेपानीका ती आयोजनाको मर्मत कार्यलाई प्राथमिकता दिँदै पुनर्स्थापना पक्रिया सुरु गरिसकेको जनाइएको छ । 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  १२ : ४७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह