‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’ « Khabarhub

‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । लेखक तथा अनुवादक मञ्जुश्री थापाले नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा सञ्चारिका समूह नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको ‘साहित्यमा नारीवादः नयाँ दृष्टिकोणको खोजी’ विषयक छलफल तथा अन्तरक्रियामा उनले महिलाको भाषा र चुनौतीबारे साहित्यमार्फत उठान गर्नुपर्ने बताए । लेखक थापाले भने, “महिलाको भाषा के हो रु शब्द के हो रु यही नै चुनौती नयाँ आउने महिला लेखकले उठाउनुपर्छ ।”

उनले नेपाली साहित्यमा ‘नेपाल’ नै आउन नसकेको जिकिर गरे । “साहित्यमा एउटै जात र पुरुषको बोलवाला छ । उनीहरूकै कृति र कथाहरू छन् । महिलाभित्रको इच्छा र जटिलता झल्किन नसक्ने कृति पाएको छैन”, थापाले भने ।

लेखक तथा प्राध्यापक अरुण गुप्तोले भान्छादेखि लेख्ने टेबुलसम्म महिलाहरूलाई अवरोध रहेको बताए । उनले भने “आलोचनात्मक तथा समालोचनात्मक लेखनमा महिलाहरूले अवरोध खेपेका छन् । धार्मिक अनुष्ठानले पनि ठूलो अवरोध गर्दछ । कुनै पनि रचनात्मक अध्ययन, लेखनभन्दा पनि किनमेल, पूजा सामग्री जुटाउनमै व्यस्त हुन पुग्छन् । महिलाहरू नै बढी चापमा परेका हुन्छन् ।”

गुप्तोले विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा महिला लेखकहरूलाई पनि उचित ठाउँ दिनुपर्ने बताए । कवि र फिल्म निर्माता उपेन्द्र सुब्बाले नेपाली सिनेमा निर्माणमा पुरुषप्रधान विचार धाराको प्रभुत्वले महिलाको कथा र मुद्दाले कसरी स्थान पाएको छ त ? भन्ने प्रश्नमा पहिलेभन्दा अहिलेका सिनेमामा महिलाका मुद्दाले पा्रथमिकता पाइरहेको बताए । यद्यपि यो पर्याप्त नरहे पनि भविष्य आशालाग्दो रहेको उनको धारणा थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यस्ता खालका विचार मन्थनका कार्यक्रमले महिलाका सवालमा नयाँ विचारको विकास गर्ने बताए । “यस्ता खालका विमर्श हुन आवश्यक छ, विचार मन्थनबाट नयाँ विचारको जन्म हुन्छ । नयाँ दृष्टिकोणको माध्यमबाट राम्रा नीति बनाउन सम्भव हुन्छ ।”

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १० : २९ बजे

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

काठमाडौं– विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान