‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’ | Khabarhub Khabarhub

‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । लेखक तथा अनुवादक मञ्जुश्री थापाले नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा सञ्चारिका समूह नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको ‘साहित्यमा नारीवादः नयाँ दृष्टिकोणको खोजी’ विषयक छलफल तथा अन्तरक्रियामा उनले महिलाको भाषा र चुनौतीबारे साहित्यमार्फत उठान गर्नुपर्ने बताए । लेखक थापाले भने, “महिलाको भाषा के हो रु शब्द के हो रु यही नै चुनौती नयाँ आउने महिला लेखकले उठाउनुपर्छ ।”

उनले नेपाली साहित्यमा ‘नेपाल’ नै आउन नसकेको जिकिर गरे । “साहित्यमा एउटै जात र पुरुषको बोलवाला छ । उनीहरूकै कृति र कथाहरू छन् । महिलाभित्रको इच्छा र जटिलता झल्किन नसक्ने कृति पाएको छैन”, थापाले भने ।

लेखक तथा प्राध्यापक अरुण गुप्तोले भान्छादेखि लेख्ने टेबुलसम्म महिलाहरूलाई अवरोध रहेको बताए । उनले भने “आलोचनात्मक तथा समालोचनात्मक लेखनमा महिलाहरूले अवरोध खेपेका छन् । धार्मिक अनुष्ठानले पनि ठूलो अवरोध गर्दछ । कुनै पनि रचनात्मक अध्ययन, लेखनभन्दा पनि किनमेल, पूजा सामग्री जुटाउनमै व्यस्त हुन पुग्छन् । महिलाहरू नै बढी चापमा परेका हुन्छन् ।”

गुप्तोले विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा महिला लेखकहरूलाई पनि उचित ठाउँ दिनुपर्ने बताए । कवि र फिल्म निर्माता उपेन्द्र सुब्बाले नेपाली सिनेमा निर्माणमा पुरुषप्रधान विचार धाराको प्रभुत्वले महिलाको कथा र मुद्दाले कसरी स्थान पाएको छ त ? भन्ने प्रश्नमा पहिलेभन्दा अहिलेका सिनेमामा महिलाका मुद्दाले पा्रथमिकता पाइरहेको बताए । यद्यपि यो पर्याप्त नरहे पनि भविष्य आशालाग्दो रहेको उनको धारणा थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यस्ता खालका विचार मन्थनका कार्यक्रमले महिलाका सवालमा नयाँ विचारको विकास गर्ने बताए । “यस्ता खालका विमर्श हुन आवश्यक छ, विचार मन्थनबाट नयाँ विचारको जन्म हुन्छ । नयाँ दृष्टिकोणको माध्यमबाट राम्रा नीति बनाउन सम्भव हुन्छ ।”

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १० : २९ बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता