सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन « Khabarhub

सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– भारतसँग सीमा जोडिएका महोत्तरीका सीमा नाकामा स्थानीय प्रशासनले अनुगमन बढाएको छ ।

सीमा क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालयको अगुवाइमा अनुगमन थालिएको हो ।

मङ्गलबार प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी नेतृत्वको टोलीले अनुमतिपत्र नलिइ सञ्चालन भएका मदिरालगायत सामग्री बेच्ने पसल बन्द गराइएको बताए ।

भारतको विहार राज्यमा मदिरा प्रतिबन्ध भएका कारण नेपाल–भारत सीमा क्षेत्रमा मदिराको अवैध कारोबार बढेको स्थानीयको गुनासो बढेपछि स्थानीय प्रशासनले अनुगमन थालेको हो ।

सीमा क्षेत्रका मटिहानी, पर्सा पतैली, मलिवाडा भिठामोड, थरुवाही, नैन्ही, मरुवाही, बथनाहा, सम्सी, रघुनाथपुर, कटीकटैयामा स्थानीय प्रशासनले अब निरन्तर अनुगमन गर्ने जनाइएको छ ।

अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, बल, राष्ट्रिय अनुसन्धान विभाग, करदाता सेवा कार्यालयका अधिकारीहरू रहेका थिए ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : ३२ बजे

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र

कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

जुम्ला– जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि

दरवाङमा सडक कालोपत्र गर्न थालियो

दरवाङ– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको