राष्ट्रियसभामा फेरियो दलीय समीकरण, पहिलो पार्टी बन्यो माओवादी « Khabarhub

राष्ट्रियसभामा फेरियो दलीय समीकरण, पहिलो पार्टी बन्यो माओवादी


११ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनको नयाँ परिणामसँगै राष्ट्रियसभामा रहेको दलीय समीकरण फेरिएको छ । राष्ट्रियसभामा अब नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ ।

आज १९ सिटका लागि भएको चुनावमा माओवादी केन्द्रका ५ उम्मेदवार निर्वाचित भए । कांग्रेका १० जना निर्वाचित हुँदा एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए ।

माओवादीबाट हाल राष्ट्रियसभामा उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । आज थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्रका १७ सांसदसहित सबैभन्दा ठूलो दल भएको हो ।

राष्ट्रिय सभामा कांग्रेसका हाल १० सांसद रहेकोमा ४ जना फागुन २० मा बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ ।

हाल एकीकृत समाजवादीका ८ जना छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा आज नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या ८ नै रहनेछ ।

एमालेका १७ जना राष्ट्रिय सभा सदस्य थिए। तीमध्ये ८ जनाको पदावधि फागुन २० मा सकिँदैछ। एमालेले कोशीमा राप्रपासँग बाहेक अन्त कतै तालमेल गर्न पाएन। तालमेल भएको कोशीमा एमालेका एक सांसद विजयी भए । एमालेले रिक्त रहेका ८ मा ७ सिट गुमाएसँगै एमालेका अब १० जना सांसद छन्। योसँगै एमाले राष्ट्रिय सभामा तेस्रो दल बनेको छ।

जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदै गर्दा आज एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत छ ।

लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् । यसरी माथिल्लो हाउसमा सात दलको उपस्थिति रहने छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ६ : २७ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा