हिमालयन रिइन्स्योरेन्सले पायो विश्वप्रसिद्ध एएम बेस्टबाट ‘बी प्लस’ रेटिङ « Khabarhub

हिमालयन रिइन्स्योरेन्सले पायो विश्वप्रसिद्ध एएम बेस्टबाट ‘बी प्लस’ रेटिङ


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन अघि मात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले अर्को सफलता हासिल गरेको छ ।

कम्पनीले विश्वप्रसिद्ध रेटिङ एजेन्सी एएम बेस्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा ‘बी’ बाट ‘बी प्लस’ रेटिङमा छलाङ मारेको हो ।

नेपाल दक्षिण एशिया प्रान्तीय राष्ट्रमा स्थापित यस कम्पनीले ‘एएम बेस्टबाट रेटिङ गराएको दोस्रो वर्षमै आफ्नो रेटिङ ‘बी’ बाट ‘बी प्लस’ मा स्तरोन्नति गराउन सक्नुलाई अत्यन्तै ठुलो उपलब्धिका रूपमा लिइएको छ,’ कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘बी प्लस’ रेटिङले कम्पनीको वासलात अत्यन्त सबल रहेको जनाउँछ ।

स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवि बनाउन सफल भएको हिमालयन रिइन्स्योरेन्सले एएम बेस्टबाट ‘बी प्लस’ रेटिङ प्राप्त गरेसँगै दक्षिण पूर्व एसिया, मध्यपूर्व, अफ्रिकी तथा युरोप प्रान्तहरूबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुल्ला भएको छ ।

यसले अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसाय उल्लेख्य वृद्धि हुने कम्पनीले जनाएको छ । यसबाट कम्पनीले राष्ट्रका लागि नै विदेशी विनियम आर्जन गर्न उदाहरणीय योगदान पुर्‍याउने विश्वास लिइएको  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ७ : २३ बजे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब