गुरुत्वाकर्षण तरङ्ग र शुक्र मिसनलाई अघि बढाउन अनुमति | Khabarhub Khabarhub

गुरुत्वाकर्षण तरङ्ग र शुक्र मिसनलाई अघि बढाउन अनुमति


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

पेरिस – युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए)ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ ।

लेजर इन्टरफेरोमिटर स्पेस एन्टेना (एलआइएसए) अन्तरिक्षबाट गुरुत्वाकर्षण तरङ्गहरूको अध्ययन गर्ने पहिलो मिसन बन्ने इसिएले एक विज्ञप्तिमा बताएको छ । यो एरियन ६ रकेटमा सन् २०३५ मा प्रक्षेपण गर्ने योजना छ । मिसनमा तीन अन्तरिक्ष यान सामेल हुनेछन् । यिनीहरूले पृथ्वीले सूर्यको परिक्रमा गर्दा अन्तरिक्षमा समभुज त्रिकोण बनाउने छन् ।

त्रिभुजको प्रत्येक भुजा २५ लाख किलोमिटर हुनेछ । यसमा तीन अन्तरिक्ष यानले लेजर किरणहरू आदान प्रदान गर्नेछन् । गुरुत्वाकर्षण तरङ्गहरूले किरणहरूमा हुने थोरै विकृति मापन गरेर मिसनले तिनीहरूको वास्तविक प्रकृति र उत्पत्ति प्रकट गर्ने अपेक्षा गर्दछ ।

यसबारे सन् १९१६ मा अल्बर्ट आइन्स्टाइनले भविष्यवाणी गरेका थियो तर एक शताब्दीपछि मात्र पहिलो अवलोकन गरियो । गुरुत्वाकर्षण तरङ्गहरू अन्तरिक्ष–समयको ढाँचामा ससाना विकृतिहरू हुन् जसको तुलना तालको सतहमा लहरहरूसँग गरियो ।

दुई ब्ल्याक होलको टक्करजस्ता प्रलयकारी बह्माण्डीय घटनाहरूबाट निर्मित तिनीहरूले करिब पूर्णरूपमा प्रकाशको गतिमा हरेक चिजमार्फत यात्रा गर्दछन् । सन् २०१५ सम्म तिनीहरूको अस्तित्व पुष्टि गरिएको थिएन । गत वर्ष वैज्ञानिकहरूले तिनीहरूलाई कम आवृत्ति भएका गुरुत्वाकर्षण तरङ्गहरूको पहिलो प्रमाण प्राप्त गरेका थिए । यसका बारेमा तिनीहरू पृष्ठभूमिको आवाजजस्तै अन्तरिक्षमा लगातार घुमिरहेको मानिन्छ ।

इएसएले आधिकारिकरूपमा एनभिजन मिसनलाई पनि अनुमति दिएको छ । यो सन् २०३१ मा शुक्रतर्फ उड्ने योजना छ । मिसनबाट शुक्र ग्रहको इतिहास, भौगोलिक गतिविधि र जलवायुमा नयाँ महत्त्वपूर्ण नयाँ अन्तरदृष्टि प्राप्त गर्ने अपेक्षा गरिएको इएसएले बताएको छ ।

इएसएका अनुसार यो राडार प्रविधिको प्रयोग गरेर अत्यधिक तातो ग्रहको सतहमुनि प्रत्यक्षरूपमा अनुसन्धान गर्ने पहिलो मिसन हुनेछ । एनभिजनले युरोपको अर्को पुस्ताको एरियन ६ रकेटलाई प्रक्षेपण गर्ने पनि योजना बनाइरहेको छ । वर्षौैंको ढिलाइपछि यस वर्षको जुन १५ देखि जुलाई ३१ को बीचमा रकेटले आफ्नो पहिलो उडान गर्ने तालिका छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १० : २८ बजे

रसुवा बाढीपछि चीनमा रोकिएका नेपाललाई आज स्वदेश ल्याइँदै

काठमाडौं– गत असार २४ गते रसुवागढी नाकास्थित भोटेकोशी नदीको बाढीले

भारतविरुद्ध इंग्ल्यान्डको युवा टोली बलियो अवस्थामा

काठमाडौं – भारतीय यूथ टोलीसँगको दोस्रो टेस्टमा इंग्ल्यान्डको यूथ टोली

पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा रोक्नेसहित एमालेका आठ निष्कर्ष यस्ता छन् 

काठमाडौं– नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य

बीपीले स्वीकार नगरेको पुष्पलालको त्यो प्रस्ताव…

काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र नेपाल

पर्यटकको आकर्षण बन्दै चौरीखर्क

बागलुङ– रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने