छिमेकी देशबाट चीनतर्फ महिलाको तस्करी बढ्दै « Khabarhub

छिमेकी देशबाट चीनतर्फ महिलाको तस्करी बढ्दै


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चीनमा घट्दो जनसङ्ख्याको असरबाट छिमेकी देशहरु पनि प्रभावित हुन थालेका छन् । चीनमा घट्दो जनसङ्ख्या र लैङ्गिक असन्तुलनका कारण दक्षिण एवम् पूर्वी एसियाका देशहरुबाट महिला र युवतीलाई तस्करी गरी चीन लैजाने क्रम पनि बढ्दै गएको पाइएको हो । चीनमा विवाहका लागि सुहाउने बेहुलीको अभावका कारण छिमेकी देशहरु पाकिस्तान, म्यान्मार, नेपाल, कम्बोडिया, इण्डोनेशिया, लाओस, उत्तर कोरिया, भियतनामजस्ता देशबाट युवतीको तस्करी हुने क्रम बढ्दै गएको पाइएको हो ।

ह्युमन राइट्स वाचले यस्ता देशहरुबाट चीनतर्फ महिलाको तस्करी हुने गरेको ‘भरपर्दो प्रमाण’ फेला परेकोे जनाएको छ । ‘चीनमा परम्परागत रुपमा छोराको चाहना र एक सन्तान नीतिका कारण चीनमा ३ देखि ४ करोड महिलाहरुको कमी छ । यसले तस्करी गरी ल्याइएका महिला र युवतीहरुको माग पनि बढेर गएको छ ।’ ह्युमन राइट्स वाचले जनाएको छ । संस्थाका अनुसार चीनमा यस्ता महिलाहरु ३ देखि १३ हजार डलरसम्म बिक्री हुन्छन् ।

चीनतर्फ तस्करी हुने महिलाको सबैभन्दा ठूलो स्रोतका रुपमा पाकिस्तान रहेको छ । न्यून आय भएका इसाई वा कतिपय अवस्थामा मुसलमान समुदायका महिलाहरु चीनतर्फ हुने तस्करीबाट पीडित हुने गरेको ब्रुकिङ्स इन्स्टिच्युसनकी शोधकर्ता मादिहा अफजलको भनाइ छ । चीनमा सुखी जीवनको प्रलोभन देखाएर महिलाहरुलाई ल्याइन्छ । तर, उनीहरुमाथि दुव्र्यवहार हुने गरेको, यातना दिइने गरेको र देशव्यापारजस्ता काममा संलग्न गराइने अफजल बताउँछिन् ।

अफजलका अनुसार चीनको महत्वकांक्षी बीआरआईअन्तर्गत पाकिस्तान आर्थिक करिडोर (सीपेक) परियोजना आसपास महिलाहरुको तस्करी हुने गरेको छ । पाकिस्तानमा हुने तस्करीबारे अमेरिकाको विदेश मन्त्रालयले सन् २०२३ मा प्रकाशित गरेको एउटा प्रतिवेदनमा पनि निमुखा इसाई समुदायलाई चिनियाँ तस्करहरुले निशाना बनाउने गरेको उल्लेख थियो । चीन पुग्ने सयौँ पाकिस्तानी महिलाहरुले आफ्ना पति भनिने चिनियाँहरुबाट नै व्यवसायिक यौनकार्यमा संलग्न गराइने प्रतिवेदनमा उल्लेख छ ।

चीन र पाकिस्तान दुबै पक्षले महिला तस्करी रोक्ने प्रयास जारी राखेको बताउँदै आएका छन् । तर व्यवहारमा भने त्यस्तो देखिएको छैन । एक जना पाकिस्तानी अधिकारी मुलुकमा गरिब बालिकालाई संरक्षण गर्न पहल नगरिँदा तस्कर गिरोह बढ्दै गएको स्वीकार गर्छन् । आफूहरुलाई घटनाबारे अनुसन्धान नगर्नसमेत निर्देशन आउने गरेको उनको भनाइ छ । सन् २०३० सम्म झण्डै २५ प्रतिशत चिनियाँ पुरुष अविवाहित नै रहने भएकाले चीनतर्फ हुने महिला एवम् युवतीको तस्करी नरोकिने ह्युमन राइट्स वाचको निष्कर्ष छ ।

जेनेभामा रहेको बाल अधिकारवादी संस्था ह्युमानियमका अनुसार चीनमा पुरुषहरु आफूले बिहे गरेकी महिलाले सन्तानमात्रै जन्माउन् भन्ने चाहन्छन् । विवाहका लागि र यौन उत्पीडनका लागि चीनतर्फ हुने महिलाहरुको तस्करीमा समानता रहेको उक्त संस्थाको ठहर छ ।

नेपालबाट पनि चीनतर्फ महिलाहरुको तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरीले हालैका समयमा तस्करी गतिविधिमा संलग्न भएको आरोपमा केही चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनियाँ तस्करीले विभिन्न प्रलोभन देखाएर महिलालाई तस्करी गर्ने गरेको महिला अधिकारकर्मी अञ्जना शाक्य बताउँछिन् । उनका अनुसार चिनियाँ नागरिकले सबै प्रक्रिया पूरा गरेर लैजाने भएपनि नेपाली महिलाहरु सबै किसिमका जोखिमको सिकार हुने गरेका छन् ।

हालै खोजमूलक रिपोर्टिकाले तयार पारेको प्रतिवेदनमा म्यान्मारमा बिजुलीका पोलमा चीनमा ‘बेहुली’ वा ‘भाडामा बच्चा पाइदिने महिला’ को आवश्यकता रहेको विज्ञापन देखिएको थियो । लाओस भियतनामजस्ता मुलुकमा अवस्था यस्तै रहेको बताइएको छ । सन् २०२२ मा लाओस सरकारले ४४८ जना महिला तस्करीबाट पीडित भएको जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ८ : ५९ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२