अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण « Khabarhub

अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ ।  म्यासुचेट्स  जनरल अस्पताल (एमजीएच) मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्तिमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

मिर्गौला प्रत्यारोपण गर्नका लागि चार घण्टा समय लागेको थियो । सो अस्पतालको विज्ञप्ति अनुसार ‘बिरामीहरूलाई थप सजिलैसँग उपलब्ध अंगहरू उपलब्ध गराउने प्रयासमा यो प्रक्रिया एउटा प्रमुख कोसेढुङ्गा हो।’

अंगको अभाव विश्वभरि एक पुरानो समस्या हो र बोस्टनका अस्पतालमा मात्र मृगौला प्रत्यारोपणको लागि प्रतिक्षा सूचीमा १४ सय भन्दा बढी बिरामीहरू रहेका छन् ।

शल्यक्रिया गर्ने टोलीका सदस्य डा. तात्सुओ कावाईले भने, ‘हाम्रो आशा छ कि यो प्रत्यारोपण दृष्टिकोणले मिर्गौला फेल भएका विश्वका लाखौँ बिरामीहरूलाई जीवन रेखा प्रदान गर्नेछ।’

प्रत्यारोपणका लागि प्रयोग गरिएको सुँगुरको मिर्गौलाबाट हानिकारक जीन हटाएको र निश्चित मानव जीन थप्न आनुवंशिक रूपमा थपिएको अस्पतालले जनाएको छ। अस्पतालले भन्यो, ‘बिरामी म्यासाचुसेट्सका रिचर्ड स्लेम्यानको उपचार पछि निको भैरहेको छ र छिट्टै डिस्चार्ज हुने अपेक्षा गरिएको छ।’

मधुमेह र उच्च रक्तचापबाट पीडित स्लेम्यानले २०१८ मा मानव मिर्गौला प्रत्यारोपण गराएका थिए । तर पाँच वर्षपछि असफल हुन थालेपछि उनी डायलासिसमा रहेका थिए ।

 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ८ : ३४ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि