आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार सन् २०२४ अप्रिल २५ तारिख। वैशाख कृष्ण पक्षको प्रतिपदा तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : आज आफूले आफूलाई चिन्ने दिन हो। लगानी भए शिक्षामा फाइदा हुनेछ। स्वास्थ्यमा लाभ होला। वैदेशिक लगानीबाट आम्दानी बढ्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ।

वृष : मन मिल्ने साथीको कुराले महत्त्वपूर्ण काम बन्नेछ। सञ्चित धन खर्च हुनसक्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ।

मिथुन : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। गुरुको साथ मिल्नेछ। शिक्षा क्षेत्रमा रोजगारीको अवसर मिल्नेछ। जीवनको महत्तवपूर्ण कामको थालनी हुनेछ।

कर्कट : अभिभावकको सुझाव अनुसार काम गर्नु राम्रो हुन्छ। महत्त्वपूर्ण सामान हराउने जोखिम रहेकाले सचेत हुनुपर्ने दिन छ। आफूले गरेको राम्रो कामको जस अरुले लिन सक्छन्। विदेश यात्रा सफल हुनेछ।

सिंह : व्यवसायमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट लाभ हुनेछ। वैदेशिक क्षेत्रमा सचेत हुनु राम्रो हुन्छ।

कन्या : यात्रा सफल बन्नेछ। रोकिएको काम सञ्चालन हुने दिन छ। व्यापारमा नाफा कमाउने योग छ। विदेशमा भएको लगानीबाट फाइदा हुनेछ। साथीले सहयोग गर्नेछन्।

तुला : नयाँ कामको थालनी गर्ने दिन हो। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक सम्मान प्राप्त हुनेछ। विदेशको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक : खुट्टा तान्ने धेरै भएकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ। प्रतिस्पर्धी परास्त हुने योग छ। शिक्षामा मानसम्मान र सामाजिक संस्थामा कदर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : नयाँ साधन खदिर गर्ने योग रहेको छ। अचानक लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

मकर : मन खुशी हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। अचानक धन खर्च हुने योग रहेको छ। लगानीको क्षेत्रबाट मन सन्तुष्ट हुनेछ।

कुम्भ : न्यायको क्षेत्रमा सफलता प्राप्त गर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। झुकेर भए पनि आफ्नो काम सफल पार्नुपर्ने देखिन्छ।

मीन : साथीको सहयोग प्राप्त हुनेछ। आफ्नो कुरा मात्र ठिक भन्ने शैलीले घाटा हुने देखिन्छ। साथीसँगको यात्रा हुने भएकाले दिन रमाइलो हुनेछ। परिवारको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ५ : ०३ बजे

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने